बहुसरोकार विवाद समाधान वारे जोशीपुरमा १ दिने अभिमुखीकरण

जेठ, २३,
कैलालीको जोशीपुरमा बहुुसरोकार विवाद समाधान सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न भएको छ। जोशीपुर गाउँपालिका न्यायिक समिति शाखाको आयोजनामा भएको अभिमुखीकरणलाई प्राकृतिक स्रोत द्धाण्द केन्द्र नेपालले शहजीकरण गरेको थियो ।
भलमन्साहरुलाई उनिहरुको कानुनी क्षेत्राधिकार र मलमन्साहरुले हेर्न पाउने १३ वटा सामाजिक मुद्दाहरु वारे अभिमुखीकरणमा छलफल गरिएको थियो ।

न्यायिक समिति संयोजक रेखा देवी कठरियाको सभापतित्वमा भएको कार्यक्रममा बक्तव्य व्यक्त गदै ४ नं. वडा अध्यक्ष राम जनम चौधरीले भलमन्साहरुले आफ्नो क्षेत्राधिकार भित्र रहेका साना मेलमिलापका मुद्दाहरु समेत मिलाउन नसकेकोमा दुःख व्यक्त गर्नु भएको थियो । प्रत्येक वडामा मेलमिलाप कर्ताहरु रहेपनि बाल विवाह, बहु विवा जस्ता केशहरुमा छलफलबाट मेलमिलाप नभएको उनले बताए । जोशीपुर ४ नं. वडा अन्तरगतमा मात्र ८ वटा बाल विवाहको तथ्याङ्क रहेको र यस सम्बन्धि बडघर, भलमन्सा, मेलमिलाप कर्ताको कुनै पहल र प्रयास नदेखिएको पनि उनले बताए ।

त्यसै गरि कार्यक्रमका सभापति रेखा देवी कठरियाले भलमन्साहरुलाई तालिमबाट पुनर्ताजकी गर्ने र आउने आ.व.को बजेतमा भलमन्साहरुको लागि पनि बजेट विनियोजित गर्ने बताउनु भयो ।
गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राकृतिक द्धाण्द रुपान्तरण केन्द्रका पश्चिम क्षेत्रका क्षेत्रिय संचालक बल्लु चौधरीले प्रशिक्षण दिनु भएको थियो भने बन्धु चौधरीले सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *