
असार १,
जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८१/०८२ मा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कार तथा नतिजामा आधारित अनुदान वितरण गरेको छ । पालिकाले शैक्षिक सत्र २०८२ मा नतिजामा आधारित अनुदान कार्यक्रम अन्तर्गत कक्षा ८ मा प्रथम हुने राष्ट्रिय आधारभुत विद्यालय वडा नं. ८ खैरीपुरलाई ३ लाख र दोस्रो हुने भृकुटी मावि वडा नं. ३ सुवर्णपुरलाई २ लाख अनुदान रकम प्रदान गरेको छ ।
मावि तर्फ कक्षा १० मा प्रथम हुने जनता मावि वडा नं. ४ कञ्चनपुरलाई ४ लाख, राष्ट्रिय मावि वडा नं. ५ अमौरालाई २ लाख ५० हजार र तेस्रो हुने भृकुटी मावि वडा नं. ३ सुवर्णपुरलाई १ लाख ५० हजार अनुदान रकम प्रदान गरेको छ ।
कार्यसम्पादन करार सम्झौतामा उत्कृष्ट अकं प्राप्त गर्ने मावि तर्फ मोेति मावि वडा नं. ७ मोतिनगर, आधारभुत तह -१–८) तर्फ जनता आवि वडा नं. ९ अमरावती र आधारभुत तह -१–५) तर्फ गौरी शंकर मावि वडा नं. ३ भगतपुरलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरि उत्कृष्ट विषयगत शिक्षक र तहगत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ ।
यस्तै पालिकाले शैक्षिक सत्र २०८१ मा आधारभुत तह कक्षा ५ मा उत्कृष्ट हुने रुक्मणी आधारभुत विद्यालय वडा नं. ५ परथैया र आधारभुत तह कक्षा ८ मा उत्कृष्ट हुने आर्दश मावि वडा नंं. २ खर्गौली र राष्ट्रिय आधारभुत विद्यालय वडा नं.४ मुनुवालाई प्रमाणपत्र प्रदान गरेको छ । मावि तर्फ कक्षा १० मा हिमालय राष्ट्रिय मावि वडा नं. ९ अमरावती, अरुणोदय मावि खैरीफाँटा वडा नं. ९ र राष्ट्रिय मावि वडा नं. ५ अमौरालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य माननीय कोमल ज्ञवाली ले उत्कृष्ट विद्यालय, विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्दै गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट शैक्षिक गुणस्तरमा थप सुधार ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो। गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कार तथा नतिजामा आधारित अनुदान वितरण कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य कोमल ज्ञवाली रहनु भएको थियो । कार्यपालिका सदस्य पवित्रा विश्वकर्माले स्वागत गर्नु भएको कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष कमल महतो, वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भानुभक्त भट्ट, प्रधानाध्यापक दिपक दास लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।