थारू लेखक संघ नेपालको चौथो अधिवेशन सम्पन्न/अध्यक्षमा कविता चौधरी चयन

धनगढी, ९ साउन/राजु चौधरी-राज),
थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी -काव्य) कैलाली सर्वसम्मत चयन भएकी छन् ।
शनिबार धनगढीमा भएको संघको चौथो अधिवेशनबाट अध्यक्ष सहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघकी उपाध्यक्षमा सुनिता चौधरी -सानु) कञ्चनपुर, राजुराज चौधरी -कैलाली), सहसचिवमा बालमोती चौधरी -कैलाली), कोषाध्यक्षमा लक्ष्मी राना -कञ्चनपुर) रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा क्रमशः शेखर दहित -बर्दिया), कृष्ण चौधरी -बर्दिया), मनमति बखरिया -कैलाली) र कालुराम चौधरी -कैलाली) रहेका छन् ।

संघको संरक्षकमा डा. कृष्णराज सर्वहारी र सल्लाहकार संयोजक छविलाल कोपिला सहित सल्लाहकारहरुमा जीत चौधरी -ट्रासन), माधव चौधरी, सोम डेमनडौरा र नरेश चौधरी रहेका छन् ।
थारू लेखक संघ नेपाल थारू भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा प्रवद्र्धनका लागि क्रियाशील थारू साहित्यकार, लेखक र स्रष्टाहरूको एक साझा र छाता संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै देशका विभिन्न जिल्लाहरूमा पुगेर थारू साहित्यको विकासका लागि महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
मुख्य गतिविधि र कार्यहरू राष्ट्रिय थारू साहित्य सम्मेलन संघले प्रत्येक वर्ष देशका फरक–फरक जिल्लाहरूमा राष्ट्रिय थारू साहित्य सम्मेलन आयोजना गर्दै आएको छ । यो सम्मेलन थारू स्रष्टाहरूको विचार मन्थन गर्ने मुख्य थलो हो ।
साथै संघले थारू भाषा, साहित्य, र मौलिक एवं सांस्कृतिक गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरूलाई विभिन्न विधामा Úथारू साहित्य पुरस्कारÚ तथा सम्मान प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *