
सावन ५,
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखाले श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम अन्तरगत शेयर सदस्यलाई सुविधा वितरण गरेको छ। शेयर सदस्य सरस्वती बुढा का श्रीमान् प्रविन वुढाको असामयिक निधन भए पछि जानकी गा.पा. वडा नं. ९ अमरावती निवासी शेयर सदस्य सरस्वती वुढालाई सुविधा रकम अन्तरगत नगद ४ लाख ८ हजार ७ सय ३६ रुपैया रकम हस्तान्तरण गरिएको हो।
मृतकका परिवारलाई संस्थाको तालिम विभाग प्रमुख श्री नारायण चौधरी को सभाध्यक्षता तथा जानकी गा.पा. वडा नं. ९ को वडा अध्यक्ष श्री खकेन्द्र भण्डारी को प्रमुख आतिथ्यतामा सुविधा रकम हस्तान्तरण गरिएको थियो । संस्थाले आफ्ना शेयर सदस्य तथा बचत कर्ताको निधन पछि संस्थागत निति अनुसार शेयर सदस्यहरुको परिवारलाई सुविधा दिदै आएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेश गरि ४० वटा शाखा र किसान कोप मार्टका ३ वटा आउटलेट र किसान कोप एग्रोका ३ वटा आउटलेट मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गराउँदै आएको किसान कोप एग्रो विजनेश जोशीपुर आउटलेटका निमित्त प्रमुख विरेन्द्र बहादुर शाहले जानकारी दिनु भयो ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यवसायिक क्षेत्र किसान कोप मार्ट र किसान कोप एग्रो मार्फत सौलियत दरमा किसानलाई कृषि सामग्री, विउ विजन, भिटामिन तथा निशुल्क प्राविधिक सुविधा समेत प्रदान गर्दै आएको साथै संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मौसमि तथा बेमौसमी तरकारी खेति सम्बन्धी निशुल्क तालिम प्रदान गर्दै आईरहेको समेत वहाँले बताउनु भयो ।
औपचारिक कार्यक्रमलाई किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखा प्रमुख प्रविन चौधरीले शहजीकरण गर्नु भएको थियो ।