लगाउनु भन्दा स्यहार्न गार्हो भयो चैते धान

असार ३, भजनी
कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । यहाँ बर्सेनि बाढी र डुवानको समस्या हुन्छ। बाढी र डुवान हुने भएकाले यहाँका अधिकांश किसानले वर्षात्मा खेती गर्दैनन् । डुवान क्षेत्र भएकोले यहाँका कृषकहरु चैते धान लगाउने गर्दछन् । लगाउनु भन्दा स्यहार्न गार्हो भयो चैते धान भन्नु हुन्छ भजनी ७ चर्राका कृषक दिल कुमार कठरिया । वर्षमा चैते धान मात्र भित्र्याउने । वर्षमा एक सिजन मात्र खेती गर्ने पनि वहाँले बताउनु हुन्छ । अहिले पनि धान राम्रो सँग पाक्न पाएको छैन तर पनि वर्षातले डुवान भएको हँुदा धान काट्न बाध्य रहेको पनि कृर्षक कठरियाले बताउनु हुन्छ । डुबानको समस्याले असारे धान रोप्न नसक्ने कृषक कठरियाका श्रीमति धनरानी कठरियाले बताउनु हुन्छ ।

One thought on “लगाउनु भन्दा स्यहार्न गार्हो भयो चैते धान

Leave a Reply

Your email address will not be published. Required fields are marked *