सरकारको अस्थिर नितिले सुनचाँदी व्यवसायमा थप चुनौती

जेठ २५,
सरकारको अस्थिर नितिले सुनचाँदी व्यवसायहरुलाई थप चुनौती भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । विल नभएको वर्षाैं पुरानो गाउँघरबाट आएको सुनचाँदी समेत किनवेच गर्न नपाउने, साना ईकाईमा सुन एक ठाउँबाट अर्को ठाउँ ल्याउन तथा लैजानमा ठुलो चुनौती व्यहोर्नुपर्ने, साना व्यापारीहरुले ठुलो परिमाणमा सुनचाँदी खरिद विक्रि गर्न नसक्ने तर सरकारले यि व्यवसायीहरुसँग अधिक्तम कर लिने, सुनचाँदीमा विलासिता कर लगाउने, साना त्रुटिले व्यवासायीहरु आजिवन जेलजीवन बिताउनुपर्ने जस्ता कारणले यो व्यवसाय झन समस्यामा परेको सुनचाँदी व्यवसायीहरुको भनाई छ । कैलालीको जोशीपुर गाउँपालिका ४ नं. वडा स्थित थारु फुड्ल्याण्डमा जोशीपुर सुनचाँदी आभुषण व्यवसाय संघ जोशीपुर शाखाको ९ औं वार्षिक साधारण सभामा उनिहरु सो कुरा बताएका हुन्।

सुनचाँदी आभुषण व्यवसाय संघ जोशीपुर शाखाका अध्यक्ष शेखर श्रीपाईलीको सभापतित्वमा भएको सभालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर विश्वकर्मा ले कार्यलयमै सिमित रहेर बस्तुस्थिति बुझ्नु भन्दा स्थानिय तहका स्थानिय वासिन्दाहरुसँगै अन्तरकृया गरेर वस्तुगत समस्याको वारेमा बुझ्नु र समस्याहरुलाई प्रहरी प्रशासनबाट कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयलाई उजागर गर्नु भएको छ । “मुलुकमा स्थापति व्यासायिहरुले मुनाफा मात्र गर्दैनन् राज्यलाई कर पनि तिर्दछन् । त्यस कारण उनिहरुको सुरक्षा गर्नु राज्यको दायित्व हो । व्यावसाय गर्ने व्यापारीहरुको वेग्लै सिमा, मर्यादा र अनुशासनहरु रहेका छन् । त्यसलाई अक्षरार्थ प्रयोग तथा पालना गर्नु पर्ने व्यवसायीहरुलाई बताउँदै निस्चिन्त रुपमा व्यवसाय गर्न समेत सुनचाँदी व्यवसायीलाई वहाँले आग्रह गर्नु भयो ।
वहाँले स्थानिय स्तरमा आम नागरिकलाई सुरक्षा दिने, गस्ती गर्ने र नियमित प्रतिवेदन तालुक कार्यालयमा बुझाउन समेत स्थानिय प्रहरीलाई निर्देशन समेत दिनु भएको छ।
“अहिलेको युग प्राविधि युग हो र आफुले सञ्चालन गर्ने व्यवसायको सुरक्षाका लागि सिसिटिभिको प्रयोग गर्न जरुरी छ । ठुला साना उद्योग, व्यापार शान्ति सुरक्षा विना सम्भव छैन । त्यस कारण यहाँको प्रहरी २४ सै घण्टा जनताको सुरक्षामा खटीने छ भन्ने प्रतिवद्धता व्यक्त गर्द छु ।” वहाँले भन्नु भयो ।

अहिले सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लाको वस्तुगत अध्ययन अवलोकन र अन्तरकृया समाप्त भई सके पनि स्थानिय स्तरका जनसमुदायको पिर मर्काहरुलाई के कसरी समुदाय–प्रहरी साझेदारी कार्यक्रममा समावेश गर्न सकिन्छ भन्ने स्थानिय तहको सुझाव संकलनलाई अध्ययन गरि आगामी दिनको कार्यक्रमहरु अगाडी बढाईएको छ। सुदूर पश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा लागु औषत दुव्र्यसनीको तथ्याङ्क उच्च छ । यसको न्यूनिकरणका लागि प्रहरी मात्र सक्दैन यसका लागि स्थानिय जनसमुदाय, प्रहरी, पत्रकार, स्थानिय सरकारको सक्रिय भुमिका हुन आवश्यक रहेको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *