चिलिङ भ्याट खरिदको सार्वजनिक सुनुवाई/सानाकिसानद्धारा उपभोक्तालाई थप सेवा

जेठ २३,
कैलालीको जोशीपुर गाउँपालिका १ नं. वडामा अवस्थित साना किसान कृषि सहकारी संस्था लि.ले चिलिङ भ्याट खरिदको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। साना किसान कृषि सहकारी संस्था लि.का लागि आवश्यक पर्ने चिलिङ भ्याटका लागि सुदूरपश्चिम प्रदेश ऋण व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विक्री केन्द्र धनगढी कैलालीमा प्रस्तावना पेश गरे अनुसार अनुदानका छनौटमा परेको रेट सम्झौता गरे अनुसार कार्य सम्पादन गरि १ हजार लिटर क्षमता भएको चिलिङ भ्याट अनुदान रकम २ लाख र संस्थाको आन्तरिक स्रोतबाट २ लाख ७० हजार गरि जम्मा ४ लाख ७० हजारमा खरिद गरिएको व्यहोरालाई जोशीपुर गा.पा. उपाध्यक्ष रेखा देवी कठरिया, सञ्चालक समिति, शेयर सदस्य लगायतको उपस्थितिमा सार्वजनिक गरिएको छ।

गिता चौधरीको सभापतित्वमा भएको सुनुवाईका प्रमुख अतिथि गा.पा.उपाध्यक्ष रेखा देवी कठरियाले महिलाहरुले सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्था लि.ले उत्कृष्ट कार्य सम्पादन गर्दै आएकोमा गौरवान्वीत भएको बताउनु भयो । वहाँले भन्नु भयो “अहिले बजेट निमार्णको समय छ। यस सहकारीलाई आवश्यक पर्ने योजनाको प्रस्तावना पालिकामा पेश गर्नुस् सकेजति सहयोग गर्ने छु ।”

दुध खरिद विक्रि तथा दुधबाट बन्ने परिकार खोवा, छुर्पि, लस्सी, दहि, मोही, आईसक्रिम, मिठाई, पुष्तकारी, घिउ आदि विक्रि वितरण भईरहेको कार्यक्रमका संचालिका तथा संस्थाका प्रबन्धक तृसना भट्ट पाठकले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *