जोशीपुरमा विहान १० बजेबाट भोट गणना सुरु

बैशाख ३१,
कैलालीको जोशीपुरमा शान्तिपूर्वक मतदान कार्य सम्पन्न भएको छ । जोशीपुर गाउँपालिका भरिमा जम्मा १८ हजार ४ सय ६८ मत खसेको छ। जस मध्य ८ हजार ६ सय ७ जना पुरुष र ९ हजार ८ सय ६१ जना महिलाले मतदान गरेका थिए । जम्मा मतको ७२.५७ प्रतिशत मत खसेको छ । जोशीपुरको जम्मा खस्नु पर्ने मत संख्या २५ हजार ४ सय ४६ रहेको थियो । ३० गते राती १ः०० बजेबाट भोट गणना सुरु गर्ने सर्व दलिय निर्णय भएता पनि केहि विवादका कारण मतगणना भने हुन सकेन । आज ३१ गते विहान ८ः०० बजे बसेको सर्वदलिय बैठकबाट विहान १०ः०० बजे देखि मतगणना गर्ने निर्णय गरे बमोजिम भोट गणना भईरहेको छ ।

One thought on “जोशीपुरमा विहान १० बजेबाट भोट गणना सुरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *