शखि सञ्जालको अध्यक्षमा सानु चौधरी चयन

धनगढी/सावन ८/राजु चाैधरी  (राज),
शखि सञ्जालको सम्पन्न बैठकले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। बैठकबाट सानु चौधरी अध्यक्षमा चयन हुनुभएको हो।
बैठकबाट उपाध्यक्षमा मनमती बखरिया, सचिवमा तारा चौधरी, कोषाध्यक्षमा बसन्ती चौधरी, सदस्यमा कल्पना चौधरी, शान्ति चौधरी, रबित चौधरी, अमृता चौधरी, सुगिना चौधरी र आशा चौधरी चयन भएका छन् ।
यसैगरी, संस्थापक अध्यक्ष इन्दु थारुलाई संस्थाको संरक्षकमा चयन गरिएको छ।
त्यस्तै, सल्लाहकार संयोजकमा कालिमैया चौधरी (उन्नति) चयन हुनुभएको छ। सल्लाहकार सदस्यहरूमा ठाकुर प्रसाद करिया प्रधान, माधव थारु, मंगल चौधरी, फुलमती महतो तथा राजु चौधरी चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ सशक्त, प्रभावकारी र समुदायमुखी बनाउँदै महिला सशक्तीकरण, सामाजिक विकास तथा समुदायको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *