
मंसिर १०,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ भजनी रोडमा अवस्थित मलवारा पोलिक्लिनिक प्रा.लि.ले छैठौं बार्षिकोत्सव समारोह मनाएको छ । पोलिक्लिनिकले घोडाघोडी अस्पताल प्रा.लि.का संचालक सोमेन्द्र चौधरी, संविधान सभा सदस्य माननिय विरमान चौधरी, भजनी न.पा. वडा नं. २ का वडाअध्यक्ष दुर्गा पुन, भनजी ८ का वडा अध्यक्ष पंकज चौधरी, घोडाघोडी अस्पतालका लेखा प्रकाश चौधरी, मुक्तिनाथ विकास बैंक लम्की शाखाका शाखा प्रमुख अशोक कोईराला, औषधि व्यवसाय(उज्यालो फामेसीका सञ्चालक प्रकाश सुवेदी, प्राथमिक स्वास्थ्य केन्द्र भजनीका डा.सुर्या प्रकाश चौधरी लगायत समाजसेवी, बुद्धिजिवी, समाजसेवी, पत्रकारको उपस्थितिमा भजनी नगरपालिका वडा नं. २ रजवारामा अवस्थित थारु संग्राहलयमा छैठौं बार्षिकोत्सव मनाएको हो ।

फ्यामिलि ग्यादरिङको रुपमा मनाइएको बार्षिकोत्सवमा स्वास्थ्य क्षेत्र एक सम्वेदनशील क्षेत्र रहेको र यस क्षेत्रमा आवद्ध सवैजनाले पैसा कमाउने मात्र सोच नराखी पहिलो प्राथमिकतामा सेवालाई राख्नु पर्ने ओषधि व्यवसायका संचालक प्रकाश सुवेदीले बताउनु भयो । स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरुले दिने सेवाबाट स्वास्थ समाजको निर्माणमा ठुलो टेवा पुग्ने पनि वहाँले बताउनु भयो ।
त्यसै गरि मुक्तिनाथ विकास बैंकका प्रमुख अशोक कोईरालाले बैंकबाट लिएको ऋणलाई सहि ठाउँमा शिर्षक वाईज खर्च गर्न सके बैंकको लगानीले शार्थकता पाउने बताए । बैंकबाट ऋण लिएर नयाँ प्राविधि प्रयोग गरि स्थानिय स्तरमै उच्च विशेषज्ञ डाक्टरहरुद्धारा चेकजाँच गर्ने बातावरण मिलाउन जरुरी रहेको बताए ।

त्यसै गरि कोरोनाकालमा स्वास्थ्यकर्मीहरुले समाजको लागि महत्वपूर्ण भूमिका खेलेको संविधान सभा सदस्य विरमान चौधरीले बताए । स्वास्थ्य समस्याकै कारणले ठुला राष्ट्रले आफ्नो देशको आर्थिक अवस्था सुधार गर्न नसकेको अवस्था आएको पनि उनले बताए ।

त्यस्तै वडा अध्यक्ष दुर्गा पुनले आफु पहिले स्वास्थ्यकर्मी रहेर सेवा गरेको बताए । उनले भने यो सानो समयमा महत्वपूर्ण व्यक्तिहरुको अनुभव उपस्थिति र अनुभव सेयर गर्ने बातावरण जुराई दिएकोमा मलवारा पोलिक्लिनिकलाई धन्यवाद दिनु भयो । “स्थानिय स्तरमा स्थानिय सरकारले सामुदायिक स्वास्थ्य क्लिनिक संचालनको अवधारणा ल्याउनु पर्छ ।” वहाँले भन्नु भयो ।

जोशीपुरमा निरन्तर २४ सै घण्टा स्वास्थ्य सेवा दिदै आएको मलवारा पोलिक्लिनिकले नियमित विशेषज्ञ डाक्टरहरु ल्याई स्वास्थ्य सेवा दिदै आईरहेको र आगामी दिनहरुमा पनि गरिव, विपन्न, पैसाकै कारण आफ्नो स्वास्थ्यलाई टाढा गई चेकजाँच गर्न नसकेका विरामीहरुका लागि विभिन्न विधामा विज्ञ तथा विशेषज्ञ डाक्टर ल्याई स्थानिय स्तरमै सेवा दिने लक्ष्य रहेको पोलिक्लििनकका सञ्चालक विरेन्द्र डंगौराले बताउनु भयो । पालिक्लिनिकको छैठौं बार्षिकोत्सव समारोहलाई पत्रकार जिवन डंगौराले शहजीकरण गरेका थिए ।
