
मंसिर १०,
बाँणी सिंचाई जल उपभोक्ता संस्थालाई सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्रि कमल बहादुर शाहले सम्बोधन गर्नु भएको छ। २०६० सालमा स्थापना भएको बाँणी जलउपभोक्ता संस्था जोशीपुर ४ कैलालीको पहिलो वार्षिक साधारण सभालाई सम्बोधन गर्नु भएको हो । बाँणी कुलो २० वर्ष पछि पहिलो बार्षिक साधारण सभा भएको जल उपभोक्ता संस्थालाई शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई मात्र मुलुकको आर्थिक पाटो सँग जोड्न सके राष्ट्रको समृद्धिमा ठुलो टेवा पुग्ने प्रमुख अतिथि मुख्य मन्त्री शाहको भनाई रहेको थियो । कृषिलाई व्यवसायिकरण गर्नुपर्छ, कृषकलाई राज्यले प्रोत्साहन तथा हौसाला प्रदान गर्नु पर्छ, यहाँका उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा पुगाउन पर्छ भन्ने राज्यको सोँग रहेता पनि राज्यले प्रयाप्त रुपमा लगानी गर्न नसकेता पनि यहाँका कृषकहरु निरन्तर रुपमा कृषि पेशा गर्दै आएका छन् । कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि कृषकहरुले जसरी मेहेनत गर्दैछन् त्यसरी नै राज्यले कृषकहरुलाई अनुदान, व्याज अनुदान, मलखाद, विउविजन, बजारीकरणमा उचित व्यवस्थापनका लागि सरकार लागि परेको पनि वहाँले बताउनु भयो । “एकातिर सामान्य जिवनयापन गर्ने व्यक्तिहरुलाई अनुदान मार्फत अगाडी लिन खोजिरहेको छौं भने व्यवसायिक रुपमा कृषि गर्ने ब्यक्तिलाई कर्षि अनुदान, व्याज छुट दिने र सरकारे त्यसपैसा तिरिदिने निति बनाएका छौं ।” वहाँले भन्नु भयो ।

कृषि क्षेत्रको विकासका लागि सिंचाई आवश्यक छ । सिंचाई विना कृषिमा उत्पादन बढाउन सकिदैन । यसमा सुदूरपश्चिम सरकारले बजेत विनियोजन गरेको छ। विधिवत रुपमा दर्ता भई निरन्तर सिंचाईको क्षेमा काम गर्ने संस्थाका लागि प्रदेश सरकारले लगानी गरि आवश्यक समयमा पानी खेत सम्म पु¥याई सिंचाईमा थप सुविधा दिने तर्फ कार्य अगाडी बढाएको छ। उपभोक्ता समिति मार्फत काम गरे राम्रो काम हुने गर्दछ । उपभोक्ता समिति प्रदेश वा संघले बनाउने होईन जो प्रत्येक्ष रुपमा उपभोग गरिरहेको उपभोक्ता वा स्थानिय सरकारले उपभोक्ता समूह बनाई सिंचाईको कार्य गर्नु पर्छ । भन्ने पनि वहाँको भर्नाइ रहेको छ ।

यहाँका किसानहरुलाई मलखादको चरम अभाव रहेको तर सरकार यसप्रति मौन रहेकोले प्रदेश सरकारले यसको व्यवस्थाप्रति गम्भिर हुनुपर्ने माननिय कैलाश चौधरीको भनाई रहेको थियो । वाढी प्रभावित क्षेत्र भएकोले यहाँ नेपाली गहु फस्ताउन नसक्नु, कृषकहरुले सरल तथा सहज रुपमा कृषि अनुदान नपाउनु, जोशीपुर भजनी सडक खण्डको महादेउलीमा रहेको मुख्य बाटोको समस्या प्रति सरकार ध्यान नदिएको पनि उहाँको भनाई हरेको थियो ।
त्यसैगरि ठेक्कापत्ता भन्दा उपभोक्ता समितिलाई काम गर्न दिनु पर्छ, नदि तथा कुलोमा पर्याप्त पानी भए पनि किसानको खेतमा सिंचाईका लागि पानी छैन त्यस कारण पुराना संरचनालाई मर्मत गरि आवश्यकता अनुसार नयाँ संरचना आधुनिक तरिकाले निर्माण गर्न आवश्यक रहेको बक्ताहरुको भनाई रहेको थियो ।

स्थानिय स्तरमा बाँणी कुलो सिंचाईको कार्यक्रममा प्रदेश प्रमुख आएर प्रत्येक्ष स्थलगत अनुगमन तथा वस्तुस्थिति वारे अध्ययन अवलोकन गर्नु हाम्रो लागि ठुलो कुरा हो र प्रदेश सरकारले सिंचाईलाई दिने बजेट निरन्तर रहिरहोस् भन्ने कृषकहरुको मागलाई प्रदेश सरकार सदैव सम्बोधन गरिरहोस् भन्ने सभाध्यक्ष विधिराम चौधरीको भनाई रहेको थियो ।

संस्थाका अध्यक्ष विधिराम चौधरीको सभाध्यक्षता प्रदेश सांसद माननिय कैलाश चौधरी, पूर्व प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी, संविधान सभा सदस्य बुद्धिसागर चौधरी को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको वार्षिक साधारण सभामा संस्थाका सचिव नरेश चौधरीले ३९ लाख ८७ हजार ४ सय १३ रुपैया बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थालाई सहयोग गर्ने व्यक्तित्वहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
