
मंसिर १५,
उहिले जोशीपुर गाउपालिका ३ भितरिया गाउँ भएरै रेल चलेको राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र ले बताएका छन् । अंग्रेजको पालामा भारतबाट आउने रेल स्रिप नेपालको प्राकृतिक सम्पदा, काठ, जडिवुटि, बन्य जीवजन्तु लैजानका लागि मात्र आउने गथ्र्यो । त्यसले नेपालको वनजंगल विनास गर्याे । नेपालको वन्यजन्तु तथा बनपैदावारको नास गर्याे । जब नेपाल सरकारले सामुदायिक वन उपभोक्तालाई वन संरक्षणको जिम्मेवार दियो त्यस पछि मात्र नेपालको वन तथा वन्यजन्तु संरक्षण, प्राकृति सम्पदाको संरक्षण, जलवायुको संरक्षण भएको उनले बताए ।

हरियालि पार्वति सामुदायिक वनउपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वहाले तिव्र रुपमा परिवर्तन भएरहेको जलवायु परिवर्तनलाई रोक्न सामुदायिक वनले खालि ठाउमा वृक्षारोपण गरिनु पर्ने र सकभर आर्थिक आमदानी हुने खालको रुख लगाउनु पर्ने बताए ।

त्यसैगरि हरियाली पार्वति सामुदायिक वनका अध्यक्ष राहुल बुढाको सभाध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि सवडिभिजन वन कार्यालय भजनीका प्रकाश महरले अब सामुदायिक वन उपभोक्त समूहले स्थानीय सरकारलाई १० प्रतिशत बुझाउन नपर्ने बताएका छन् । “अब कुनै किसिमको आर्थिक तथा भौतिक वस्तु स्थानीय सरकार गाउपालिका नगरपालिकालाई बुझाउनु पर्दैन । सामुदायिक वनले अब जम्मा आमदानिको १० प्रतिशत रकम प्रदेश सरकारको आर्थिक राज्य कोषमा जम्मा गर्नु पर्ने छ । नेपाल सरकारले जारि गरेको परिपत्र अनुसार त्यो कोषबाट प्रदेश राज्यकोषले स्थानीय सरकारलाई सहयोग गर्ने छ ।” उनले भने ।

त्यस्तै विशिष्ट अतिथि जोशीपुर गापा अध्यक्ष चित्र बहादुर चौधरीले भितरिया गाउँ जोशीपुर पालिका भरिको सबैभन्दा बढि डुवान हुने गाउँ भएकोले यस गाउँको लागि पालिकाबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोषाध्यक्ष सुनिता कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा हरियाली पार्वति सा.ब. का पुर्व अध्यक्ष मीन कुमार के.सि. ले १२ लाख ९६ हजार २ सय ८० रुपैयाँ ३५ पैसा बराबरको आर्थिक आय व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अजिंगरलाई सकुसल उचित स्थानमा छोड्ने आशारानी चौधरी नगदराशी सहित सम्मानित भएकिछिन् । गएको असार महिनामा बाख्रा समातेको अजिंगरलाई सम्बन्धित ठाउँमा खबर गरि उचित स्थानमा छोड्नमा मदत गरेको भन्दै सामुदायिक वनले उनलाई सम्मान गरेको हो । त्यसै गरि गरिव, अतिविपन्न, असहाय विद्यार्थीहरुलाई पठ्यसामग्री पनि वितरण गरेको छ । कार्यक्रममा सामुदायिक वनलाई योगदान पुर्याउने बिशिस्ट व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ ।