मलवारा पोलिक्लिनिक जोशीपुरमा निःशुल्क हाईड्रोसिलको अप्रेशन हुदै

मंसिर ६,
कैलालीको जोशीपुर बजारमा अवस्थित मलवारा पोलिक्लिनिक जोशीपुरमा मंसिर १ गते देखि १५ गते सम्म निःशुल्क हाईड्रोसिलको अप्रेशन भईरहेको छ । हाल सम्म ३३ जनाको अप्रेशन भईसकेको मलवारा पोलिक्लिनिक भजनी रोड जोशीपुर बजारका मेनिजिङ डाईरेक्टर विरेन्द्र डंगौराले जानकारी दिनु भएको छ । हाईड्रोसिल बाहेकका अन्य अप्रेशनमा सहुलियत शुल्क लिईरहेको समेत डंगौराले बताउनु भयो ।

ल्याप्रोस्कोपिक सर्जन डा.दिप पोख्रेल र डा. आशिष जोशीको टोलीले हाईड्रोसिल, हर्नियाँ, एपेन्डिक्स, पाईल्स्, फिस्टुलाको अप्रेशन गरिरहेको पनि वहाँले बताउनु भयो । हाल सम्म हर्नियाको ९ वटा, एपेन्डीक्स ४ जना, पाईल्स २ जनाको अप्रेसन गरिएको छ । स्थानिय स्तरमा गरिव, विपन्न, पैसा नभएर रोग पालिरहेका विरामीहरुको उपचार गर्न पाउँदा निकै हर्षित भएको डा.दिप पोख्रेलले बताउनु भयो । स्थानिय स्तरमा विशेषज्ञ सेवा दिने मलवारा पोलिक्लिनिक जोशीपुरलाई विरामीहरु खुशीहुदै धन्यवाद दिएका छन् । शरिरमा रहेको गाठागुठी लगायत पित्त थैलिको पत्थरी, मुगौलाको पत्थरी, प्रोष्टेट विरामीहरुको उपचार तथा परामर्श सेवा पनि प्रदान भईरहेको छ । मंसिर ७ गते शुक्रबार छालारोग विशेषज्ञ डाक्टर सुनिल शाक्य आउने भएकोले विशेषज्ञ सेवा लिन मलवारा पोलिक्लिनिक जोशीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *