जोशीपुर जेसीजको रक्तदानमा २४ पिन्ट व्लड संकलन

सावन १४,
जोशीपुर जेसीजको आयोजनामा रक्तदान जिवनदान कार्यक्रम सम्पन्न भएको छ । टिकापुर रेडक्रसको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ पिन्ट व्लड संकलन भएको छ । कोरोना महामारीको समयमा जोशीपुर जेसीजले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य रहेको जेसीजको आश्थालाई आत्मसाथ राखी रक्तदान कार्यक्रमको अयोजना गरेको थियो । जसमा अपेक्षा भन्दा वढी व्लड डोनेट भएकोमा जोशीपुर जेसीजका अध्यक्ष केशवराज जोशी रक्तदाताहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै खुशी व्यक्त गर्नु भएको छ । कुलतबाट कसरी युवालाई जोगाउन सकिन्छ ?, ट्राफिक नियम सम्बन्धी जनचेतना, युवाहरुको नेतृत्व र व्यक्तित्व विकास कसरी गर्ने ? कोरोनाबाट कसरी जोगिने ? जस्ता कार्यक्रमहरु विगतका दिनहरुमा गर्दै आएकोमा कार्यक्रमका प्रमुख अतिथि एवं जोशीपुर गाउँपालिका उपाध्यक्ष गिता कठरियाले जोशीपुर जेसीजलाई धन्यवाद ज्ञापन गर्दै जेसीज युवाहरुलाई उत्प्रेरणा दिनु भएको थियो । त्यस्तै विशिष्ट अतिथि एवं. वडा नं. १ का वडा अध्यक्ष विधिराम चौधरीले जोशीपुर जेसीजले समाजमा सकारात्मक नमुना कार्य गर्दै आएकोले स्थानिय सरकारबाट पनि जोशीपुर जेसीजलाई सहयोग भई आएको जानकारी दिनु भयो । जेसी भिम विनाडीको संयोजकत्वमा भएको रक्तदानमा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेलले समेत बक्तव्य दिनुभएको थियो भने महासचिव धर्मेन्द्र विष्टले औपचारिक कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जोशीपुर बजार व्यवस्थापन समिति, नवजीवन सहकारी संस्था लि. शाखा कार्यालय जाशीपुर, किसान बहुउद्देश्यीय सहकारी संस्था लि. शाखा जोशीपुरको पनि सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *