सावन १३, जोशीपुर
कैलालीको जोशीपुर गाउँपालिका स्थित जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बौनियाँ स्वास्थ्य चौकीमा आज देखि कोरोनाविरुद्धको खोप भेरोसिल लगाउने कार्य सुरु भएको छ । यो खोप सावन १३ देखि १७ गते विहान १० बजे देखि साँझ ४ बजे सम्म लगाईने छ । त्यस्तै सामुदायिक स्वास्थ्य ईकाई बन्जरियामा भने सावन १४ र १५ गते मात्र लगाईने छ । भेरोसिल नामक कोरोना विरुद्धको खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, नेपाल सरकारले ताकेको अति अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुलाई खोप लगाईदै छ खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविद्यालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणित गरेको यातायात व्यवसायी संघको आधिकारिक प्रमाणपत्र लगेर जानुपर्ने छ । यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरूले पासपोर्ट र भिसा देखाएर खोपको मात्रा प्राप्त गर्न पनि सक्नेछन् ।
