जोशीपुरमा बाल संरक्षण निति निर्माणका लागि पूर्व तयारी छलफल

जेठ ८,
कैलालीको जोशीपुरमा बाल संरक्षण निति निर्माणका लागि सरोकारवालाहरुसँग पूर्व तयारी छलफल गरिएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालकल्याण सँघ टीकापुर, ईलाका प्रहरी कार्यायल जोशीपुर, भलमन्सा, बाल क्लबका प्रतिनिधि, पत्रकार, कर्मचारी, जनप्रतिनिधिहरुको उपस्थितीमा छलफल गरिएको थियो ।

बाल विवाह, लागु पदार्थ दुव्र्यसनी, बाल मैत्री शासन, बाल अधिकार, बाल श्रम, बाल पोषण, मोबाईल अटिजम लगायतको समस्या समाजमा व्यापक देखिन थालेपछि निति बाटै सुधारेर लैजानु पर्ने सरोकारवालाहरुको भनाई रहेको थियो । कार्यक्रममा बालबालिका संरक्षण कक्ष स्थापना, बौद्धिक अपाङगताको पहिचान गरि उनिहरुको उचित व्यवस्थापन, विद्यालयमा बालमैत्री संरचना, पोषणका कार्यक्रम, अभिभावक सचेतना जस्ता कार्यक्रममा नितिगत रुपमा ल्याउनु पर्नेमा जोड दिइएको थियो ।

बालबालिका भविष्यका कर्णधार हुन उनिहरुका लागि उचित नितिगत व्यवस्था हुनुपर्ने हो तर जोशीपुर पालिकामा कुनै जनप्रतिनिधिहरुको चाँसो नदेखिएको र निति भए पनि कार्यन्वयनका लागि योजना बजेटको समस्याले गर्न नसकेको जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *