
जेठ १५,
जोशीपुर गाउँपालिका वडा नं. १ मा अवस्थित जोशीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले समिति पुनर्गठन गरेको छ। समितिमा अध्यक्ष बाहेक लगभग सम्पूर्ण बोर्ड पदाधिकारीहरु निस्कृय भएकोसंस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रेम चौधरीले प्रस्ताव पेश गरेपछि संस्थाको दोस्रो वार्षिक साधारण सभा भेलाबाट समितिको पुनर्गठन गरिएको हो । जोशीपुर खानेपानी उपभोक्ता समितिले उपभोक्तालाई शुद्ध खानेपानी खुवाउन नसकेको, बोर्डका पदाधिकारीहरु पूर्ण रुपमा निस्कृय भएको र संस्थामा कार्यरत दैनिक ज्यालादाी कर्मचारीहरुलाई ज्याला दिन नसकेको व्यापाक गुनासो पछि संस्थाले समितिको पुनर्गठन गरेको बुझिएको छ ।

पुनर्गठन समितिका अध्यक्षमा पुरानै अध्यक्ष प्रेम चौधरी, उपाध्यक्षमा रण बहादुर साउद, कोषाध्यक्षमा रिता बम, सचिवमा कर्ण बहादुर साउँद, सह–सचिवमा पंचराम डंगौरा, सदस्यमा संतोष पौडेल, राधिका सोनी र प्रशुराम चौधरी चयन भएका छन् । त्यसै गरि अनुगमन समिति संयोजकमा चुनी राम चौधरी र सदस्यमा जंग बहादुर देउवा रहेका छन् भने सल्लाहकार समितिमा संयोजक हरि सिंह साउँद, सदस्यमा राम प्रसाद घिमिरे र नरेश मल्ल रहेका छन्। संस्थाको लेखा समिति संयोजकमा विष्णु प्रसाद गोतम, सदस्यमा चेतराज जोशी, सदस्यमा सिद्धराज जोशी र कविता विष्ट चयन भएका छन् ।

संस्थाको समिति पुनर्गठन विधान बमोजिम नभएको केहि उपभोक्ताहरुले आपत्ती जनाएका थिए । संस्थाको विधान बमोजिम समिति चयन तथा पुनर्गठन गर्नु पर्ने र उपभोक्ता समिति गठन गर्दा उपभोक्ता रहेको गाउँ टोल तथा बजारबाट प्रतिनिधित्व हुने गरि पदाधिकारी चयन हुनुपर्ने समेत उनिहरुको भनाई रहेको थियो ।

खानेपानी आयोजना संचालन भएको वर्षौ वितिसक्दा पनि उपभोक्ताहरु शुद्धखाने पानी नपाउनु दुखद विषय रहेको र यसका लागि जसरी हुन्छ चाँदै उपभोक्ताहरुलाई शुद्धखानेपानी वितरण गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । यसका लागि पालिकाले के कसरी सहयोग गर्नु पर्छ हामी गर्दै भन्दै वहाँले प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।