बालमैत्री स्थानीय शासन घोषणामा मिडियाको भूमिका वारे सञ्चारकर्मीहरुसँग छलफल

जेठ १,
कैलालीको भजनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि मिडियाको भूमिका वारे मलवारा डल्फिन मिडिया मञ्चका सञ्चाकर्मी तथा पत्रकारहरुसँग छलफल गरिएको छ। विकासका लागि युवा एक्यबद्धता यार्ड धनगढीको आयोजनामा संस्थाका प्रतिनिधि पिताम्बर पौडेल, भजनी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ऋजु चुकाहा चौधरी र सञ्चारकर्मी विच छलफल गरिएको थियो ।

बालमैत्री स्थानिय शासन घोषणा गर्नका लागि ५१ किसिमको सुचक रहेको र त्यो सुचक पुरा भए नभएको भन्ने विषयमा विशेष छलफल गरिएको थियो । बालबालिकाहरुले सरकारबाट पाउने पोषण खानेकुरा पाईराखेका छन् या छैनन्, बालबालिकाहरु विद्यालय गईरहेको छन् या छैनन्, उनिहरुको आधारभुत आवश्यकता पुरा भईहरेको छ या छैन, बाल श्रमको अवस्था के कस्तो छ, लागुपदार्थले बालबालिकाहरुमा के कस्ता असर पारेको छ, के कति कारणले बालबालिकाहरु विद्यालय छोडीरहेको छन् जस्तो महत्वपूर्ण विषयमा छलफल गरिएको थियो ।

विद्यालयमा प्रत्येक दिनको मेनु अनुसार खाजा दिन पालिकासँग मेनु कार्ड लागुगर्न संस्थाले पहल गरेको तथा बालमैत्री शासनका लागि बालबालिकाहरुको टोल कमिटि बमेत बनाएर कार्य गरिरहेको पिताम्बर पौडेलले बताउनु भयो । त्यसै गरि पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ सुचक पुरा गर्नु पर्ने हो तर त्यो पुरा गर्न बजेतको समस्या र अध्ययन अनुगमन गरि कार्य सम्पादनको समस्या भएको र आर्थिक वर्ष २०८२/०७३ को मसान्त सम्ममा पाकिलालाई बालमैत्री स्थानिय शासन घोषणा गर्नु पर्ने समय छोटो भएको भजनी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ऋजु चुकाहा चौधरीले बताउनु भयो ।

कतिपय बालबालिकाको जन्मदर्ता नभएको कारण अझै विद्यालयमा भर्ना हुन नसकेको, खाजामा सुजीको हलुवा, चाउचाउ, भुजा विद्यालयले दिदै आएको, विचैमा विद्यालय छोडने बालबालिकाहरुको संख्या बढेको जस्ता विभिन्न समस्याहरु अझै पनि यथावत रहेकोले पालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गर्नमा समस्या रहेको छलफलबाट निष्कर्ष आएको थियो ।
बालबालिकाहरुका लागि काम गर्ने संस्था, स्थानिय सरकार र पत्रकारहरुको सहकार्यले मात्र स्थानिय पालिकामा बालमैत्री शासन संभव रहेको परिष्ठ पत्रकार जय बहादुर वुढाले बताउनु भयो । कार्यक्रमलाई रतनलाल चौधरीले शहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *