होमस्टेलाई टेवा दिंदै गणेश चौधरीको थारु लोक कला हब

जेठ १,
कैलालीको जानकी गाउँपालिकाले पालिकालाई थारु लोक कला हब बनाउन विभिन्न अभ्यासहरु गर्दै आएको छ । थारु समुदायमा मनाईने कृष्ण जन्माष्टमीलाई प्राथमिकतामा राखेर प्रत्येक वर्ष पालिका स्तरिय पौराणिक लोक कला अष्टीम्की चित्र बनाउने तालिम पालिकाले दिंदै आएको र चाडपर्वहरुमा साँस्कृतिक नाचगानको प्रबद्र्धन हुने कार्यले पालिकाबासी पालिकाको प्रशंसा गर्दै आएको छन् । थारु कला, संस्कृति संरक्षण तथा प्रवद्र्धन गरि थारु समुदायको जीवन शैलीलाई पर्यटनसँग जोड्न पालिकाले फेरी जानकी गाउँपालिका ६ नं. वडाको जगतपुरमा ५ दिने होमस्टे व्यवस्थापन तालिम दिइको छ।

तालिममा सहभागीहरूले पाहुना स्वागत, सरसफाइ व्यवस्थापन, स्थानीय परिकार प्रस्तुति तथा पर्यटकसँग व्यवहार सम्बन्धी सीप सिकेका छन् । स्थानिय लोक कलाहबको प्रवद्र्धनले आगामी दिनमा थारु संस्कृति अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने होमस्टेकर्मीहरुको आशा गरेका छन् ।

पहिचान सहितको जानकी गाउँपालिका विकासको मुल आधार भने जस्तै थारुसमुदायको पहिचान जोगाउन पालिकाले विभिन्न प्रयास गरिरहेको अध्यक्ष चौधरीको भनाई रहेको थियो । पालिकाको प्रयास पछि धेरै गाउमा थारु पौराणिक परम्परागत कृष्ण जन्म अष्टमीको चित्र बनाउने अभ्यास देखिएको छ । यो पालिकाकै उपलब्धि हो । यसले समुदायमा सकारात्मक प्रभाव पारेको छ । वहाँले भन्नु भयो । Time management and resource management लाई पालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको समेत वहाँले बताउनु भयो ।

स्थानीय होमस्टे सञ्चालकहरूले बाह्य पर्यटक आकर्षित गर्न नजिकका जंगलमा रहेका वन्यजन्तुको संरक्षण, थारु सांस्कृतिक नाचको नियमित तालिम तथा थारु खानाका परिकारको थप प्रचारप्रसार गर्न पालिकासँग आग्रह गरेका छन् ।

होमस्टे प्रबद्र्धनले पालिकाबासीहरुको आर्थिक संमृद्धीमा टेवा पुगेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भानु भक्त भट्टले बताउनु भयो । खानाको स्वाद, होमस्टेको संस्कार र पर्यटकहरुलाई लोभ्याउने सांस्कृतिक नाचले पाहुनालाई थप आकर्षित बनाउँछ र पालिका अध्यक्षको लोक कला हब बनाउने लक्ष्यलाई हामी सवैले मिलेर पुरा गर्नु पर्छ भन्ने भनाई समेत वहाँले राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *