नरपता बहुउद्देश्यीयको छैठौं साधारण सभामा प्रस्तुत भयो १ करोड ६६ लाखको बजेट

कार्तिक २६,
कैलाली जोशीपुर गाउँपालिका वडा नं. ५ सिमरानामा अवस्थित नरपता बहुउद्देश्यीय सहकारी संस्था लि.को छैठौं वार्षिक सभा सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष बलराम चौधरीको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरियोका प्रमुख आतिथ्यतामा भएको वार्षिक सभामा १ करोड ६६ लाख ४३ हजार ४ सय ४७ रुपैया ७२ पैसाको वित्तिय स्थिति विवरण प्रस्तुत भएको थियो । निमित्त प्रबन्धक महिमा चौधरीको अर्थिक प्रतिवेदनमा उल्लेख भएको आर्थिक प्रतिवेदनलाई कार्यवाहक अध्यक्ष बलराम चौधरीले प्रस्तुत गर्नु भएको थियो । संस्थाको खुद मुनाफा ३ लाख १५ हजार ४ सय ८४ रुपैया ९० पैसा रहेको छ भने गत वर्षको तुलनामा यस वर्ष ३ हजार ७ सय रुपैयाले मात्र मुनाफामा वृद्धि देखिएको छ।

सभामा संस्थालाई सहयोग गर्ने शुभचिन्तकहरुलाई सम्मान गर्ने कार्यक्रम रहे बमोजिम संस्थाका संस्थापक अध्यक्ष पूर्ण बहादुर कुँवर, संचारकर्मी जीवन डंगौरा, समाजसेवी नजारी लाल चौधरी, शिक्षाबाट ७ नं. वडा अध्यक्ष बम बहादुर शाह, कृषि उद्यमीबाट ओजारी लाल चौधरी, उत्कृष्ट सेवाग्राही एकल महिला धनरानी चौधरी, शुभचिन्तक मोहरमलि जागा, व्यापारीबाट रामसुन्दर चौधरी, उत्कृष्ट बचतकर्ता सोभान कुँवर, असल ग्राहक सरिता देवी ढोलीलाई संस्थाले सम्मान पत्र तथा खादामालाले सम्मान गरेको छ ।

संस्थाका शेयर सदस्य तथा बचतकता र ऋणीहरुले लिएको ऋण समयमा किस्ता तिरी सहयोग गरेमा मात्र सहकारीको विकासमा टेवा पुग्ने प्रमुख अतिथि गा.पा.उपाध्यक्ष रेखा देवी कठरियाले बताउनु भयो ।

आफ्नै गाउँठाउँमा रहेको सहकारीले गरिव, विपन्न, असहायहरुलाई समेत उद्यमी तथा व्यवसायि बन्नका लागि यस बुहउद्देश्यीय सहकारीले सहयोग गरेको कार्यक्रमका विशिष्ट अतिथि ५ नं. वडा अध्यक्ष अनर कुमार चौधरीले बताउनु भयो ।

गाउँमा भएको यस सहकारीमा स्थानिय व्यापारी, कृषक, दैनिक मञ्जुरी गरेर गुजारा चलाउने गरिव, विपन्नहरुका लागि अलिअलि भए पनि दैनिक बचत गर्ने र आवश्यक परेको समयमा एकमुष्ट झिक्न सजिलो भएको ७ नं. वडा अध्यक्ष एवं विशिष्ट अतिथि बम बहादुर शाहले आफ्नो भनाई मार्फत बक्तव्य दिनु भएको थियो ।

“गाउँगाउँमा सहकारी घरघरमा भकारी” भने जस्तै संस्था स्थापना गर्न जसरी कृषक, व्यापारी, शुभचिन्तकहरुले सहयोग गर्नु भएको थियो त्यसै गरि संस्थाको हरेक विपत्ति तथा समस्यामा शेयरधनि, सदस्य किसान, व्यापारी लगायतले सहयोग गर्नु पर्ने संस्थाका संस्थापक अध्यक्ष पूर्ण बहादुर कुँवरले बक्तव्य दिनुभएको थियो । गाउँको सहकारीले गाउँकै भकारी भरिने पनि वहाँले बताउनु भयो ।

गाउँघरमा स–साना किसान, व्यापाी, शिक्षकहरुको आर्थिक गतिविधिलाई चलायमान गर्न, विदेशबाट सोझै आफ्नै घर नजिकको संस्थामा पठाउन सकिने रेमिटान्स सेवा प्रवाह गर्न, थोरै लगानीबाट उद्यमी तथा व्यापार सञ्चालन गर्न, कृषी, शिक्षा, स्वास्थ्य, शिक्षा, व्यापारमा थप सेवा प्रवाह गर्न यस बहुउद्देश्यीय सहकारीको आवश्यकता रहेको कार्यक्रमका सञ्चालक संस्थाका शुभचिन्तक नृप बहादुर कुँवरले बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *