जोशीपुरमा गेंडा फूलले बजार पाएन

कार्तिक २६,
दिपावलीमा फूल बेच्ने भनि रोपिएका फूलले जोशीपुर क्षेत्रमा बजार पाएन । फूलको खेति गर्ने कृषक पि.के.एस. नर्सरीका सञ्चालक प्रेम चौधरीका अनुसार यस वर्ष फूलले मार्केट पाएन । वहाँले गत वर्ष एक कट्ठा क्ष्ँेत्रफलमा फूल खेती गर्नु भएको थियो । गत वर्षको दिपावलीमा करिव ४० हजार सम्मको फूल बेचेको तर यस वर्ष आधा कट्ठामा मात्र फूल खेति गरेपनि फूलबाट खासै आमदानी गर्न नसकेको नर्सरी सञ्चालक प्रेम चौधरीको भनाई रहेको छ ।

“आधा कट्ठामा मात्र फूल खेति गरेको थिए । त्यो पनि विक्रि भएन । यस वर्ष घरघरमा गेंडा फूल फुलेको थियो । स्थानिय सरकारले प्लाष्टिकका फूल बजारमा विक्रि वितरणमा निषेधित गरेपनि हामीले उत्पादन गरेका फूल बेच्न सकेनौं ।

” यहाँले भन्नु भयो । आफु नसरी व्यवसायि भएकोले विभिन्न किसिमका बोटविरुवा, गमला, कलमी बोटहरु बेचि व्यवसाय सञ्चालन गर्दै आईरहेको पनि वहाँले बताउनु भयो । अहिले गोभि, फूल गोभि, ब्रो काउली, मिर्चा, टमाटर, भन्टा लगायतका थुप्रै विउ बेच्नमा व्यस्त छु । बारीमा अहिले साग सब्जी, टिनातरकारीको बेर्ना राम्रो विक्री भईरहेको छ । वहाँले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *