
राजु चाैधरी(राज)धनगढी, २ चैत ।
चलचित्र पत्रकार संघ नेपाल कैलाली जिल्लाको अध्यक्षमा विवेक नागरी चयन भएका छन्। संघको दोस्रो जिल्ला अधिवेशनबाट नागरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकुसिंह ठकुरी, सह–सचिवमा यज्ञराज अवस्थी र कोषाध्यक्षमा यमुना साउद चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रक्षा बागचन, कमल साउद, वीरेन्द्र सिंह, राजु चौधरी राज र महेन्द्र बहादुर चौधरी रहेका छन्।
संघको दोस्रो जिल्ला अधिवेशन चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन सत्र पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्ट, सल्लाहकार मिन बम, कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा लगायतले शुभकामना मन्तव्य राख्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सुदूरपश्चिम प्रदेशको चलचित्र क्षेत्रलाई पत्रकारितामार्फत उजागर गर्ने उद्देश्यले संघले विगतदेखि विभिन्न कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्दै आएको बताइएको छ।