अपराधीलाई कारवाहीको माग गर्दै युवा सडकमा

राजु चौधरी (राज) धनगढी/चैत्र ३,
धनगढीको बुद्ध चोकमा युवाहरूले प्रदर्शन गरेका छन्। निर्मला पन्त र ईनिशा बिकको न्यायको माग गर्दै उनीहरूले पीडितलाई न्याय र पीडा दिनेलाई फाँसीको सजाय दिनुपर्ने माग राखेका छन्।
प्रदर्शनकारीहरूले बलात्कार गरी हत्या गर्ने अपराधीहरूलाई कडा भन्दा कडा सजाय, विशेषगरी फाँसीको व्यवस्था हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए। उनीहरूले यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *