रघुनाथको स्व.वि.यू. निर्वाचनमा ने.वि.संघका रञ्जित परियार सभापतिमा निर्वाचित

चैत्र ५,
कैलालीको जोशीपुर–७ मा अवस्थीत रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियूको निर्वाचनमा नेपाल विद्यार्थी संघका रञ्जित परियार स्ववियू सभापतिमा निर्वाचित भएका छन् । रञ्जित परियाले ७९ मत प्राप्त गरेकाछन् भने निकट प्रतिद्धन्दी विनिता चौधरीले ६३ र कोमल प्रसाद जोशीले ४५ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी संयुक्त विद्यार्थी संगठनका कोमल प्रसाद जोशी र अखिल (क्रान्तीकारी)बाट विनिता चौधरी रहेका थिए ।
त्यसै गरि सचिवमा ऋचा कुमाल(६८), कोषाध्यक्षमा अजिता कुमारी डंगौरा(७४), सदस्यमा पवित्रा कठरिया(७९), जितेन्द्र चौधरी(७७), दुर्गा कुमारी जेठारा(८७), पुनम नेपाली(८९) र दुर्गा रेग्मी(८२) निर्वाचित भएका छन् । निर्वाचनमा जम्मा १ सय ८९ मत खसेको थियो । जम्मा १ सय २७ मतमा ८३.२६ प्रतिशत मत खसेको थियो ।
त्यस्तै समानुपातिक तर्फ अखिल(क्रान्तीकारी) ७२, नेपाल विद्यार्थी संघ ६५ र अ.ने.रा स्व.वि.यू. ५५ मत प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *