
कैलालीको जोशीपुर गाउँपालिका वडानम्बर ५ ले वडा भित्र रहेका १० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै हौसला स्वरुप दुईवटा कुर्ची एउटा टर्च र एउटा झोला प्रति ब्याक्ती वितरण गरिएको छ ।
मंगलबार वडा अध्यक्ष अनर कुमार चौधरीको अध्यक्षता रहेको कार्यक्रममा कार्यपालिका सदस्य सोनि डंगौरा वडा सदस्यहरुको उपस्थितिमा सामग्रि वितरण गरिएको हो
वडा को आर्थिक बर्ष २०८१/८२ को विनियोजित बजेट बाट वितरण गरिएको र यस बर्षको कार्यक्रम प्राविधिक कारणले गर्दा ढिलो हुन गए तापनि आगामी बर्ष यस्ता खाले महिला स्वयंसेविका सम्बन्धित कार्यक्रमहरू महिला स्वयंसेविका दिवसकै दिन गर्ने र आगामी दिनमा समेत यस्तै कार्यक्रमहरु गर्ने प्रतिबद्धता वडा अध्यक्ष अनर कुमार चौधरीले गरे ।
त्यस्तै महिला स्वयंसेविका हरुले आगामी बर्षमा यस्ता कार्यक्रम ल्याउदा साइकल वितरण कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन् ।