
जोशीपुर/असोज २५,
कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित बडहरिया गाउँमा घटस्थापनाको दिन परम्परागत थारु सांस्कृतिक सखिया नाचले रौनक थपेको छ। थारु समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सखिया नाचले गाउँमा सांस्कृतिक उत्साह बढाएको हो।
बडहरिया गाउँसमाजको आयोजनामा जानकी गाउँपालिका–३ स्थित सुवर्णपुर गाउँसमाजको सखिया नाच टोलीलाई आमन्त्रण गरी कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। मौलिक सखिया नाचलाई थप उचाइमा पु¥याउने र नयाँ पुस्तामा यसको महत्त्व स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका–१ का वडा अध्यक्ष रामचन्द्र चौधरीले सखिया नाचजस्ता मौलिक सांस्कृतिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो। युवाहरूले यसप्रति चासो र महत्त्व दिएकोमा खुसी व्यक्त गर्दै उहाँले संस्कृति संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
त्यसैगरी, कार्यक्रमका सभापति एवं गाउँका भलमन्सा विश्राम चौधरीले सखिया नाचले गाउँमा आफ्नो संस्कृति र परम्प्रतिप्रति आकर्षण बढाएको बताउनुभयो।

सखिया नाचको आफ्नै मौलिक मान्यता र सांस्कृतिक विशेषता रहेको उल्लेख गर्दै सखिया नाचका अगुवा रामगुलाब चौधरीले यसको माग बढ्दै गएको बताउनुभयो।
बडहरिया गाउँका युवा अशोक चौधरीले बाह्य संस्कृतिको प्रभाव बढ्दै गएको अवस्थामा बालबालिका तथा युवापुस्तालाई आफ्नै कला, संस्कृति र परम्पराप्रति आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो। उहाँका अनुसार यस्ता कार्यक्रमले मौलिक संस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक चेतना विकास गर्न सहयोग पु¥याउँछन्।
थारु समुदायको पहिचानसँग जोडिएको सखिया नाचको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा यस्ता सांस्कृतिक कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

