
मंसिर १६,
जोशीपुर गाउँपालिका वडा नं. १ स्थित साना किसान कृषि सहकारी संस्था लि.को ११ औं चुनावी साधारण सभा सम्पन्न भएको छ। अध्यक्षमा गोमा देवी आचार्य सर्व सहमत निर्वाचित हुनु भएको छ भने वहाँको पुरानै टिमलाई सभाले अनुमोदन गरेको छ। विपन्न तथा सिमान्तकृत वर्गका साना किसान परिवारका महिलाहरुलाई उहाँहरुकै सामुहिक प्रयासबाट सशक्तिकरण गर्दै आर्थिक र सामाजिक जीवन स्तर सुधार गरि गरिवी न्यूनिकरण गर्ने साना किसान कृषि सहकारी संस्था लि.को उद्देश्यलाई सार्थकता प्रदान गर्न तेस्रो पटक सवसहत अध्यक्ष पदमा निर्वाचित हुनु भएकी गोमादेवी आचार्यले संस्थागत विकासका लागि आफु अहोरात्र खटि कार्य गरेको बताउनु भयो । संस्थाले ग्रमिण तथा आर्थिक स्तर न्यून भएका महिलाहरुलाई लघुउद्यमी बनाउन न्यून व्याजदरमा ऋण दिएकोले महिलाहरु तरकारी खेति, बाख्रा पालन, कुखुरा पालन, माछा पालन गरि राम्रो उत्पादन गरिरहेको बताईन् ।

साना किसानले आफ्नो सदस्य तथा शेयर सदस्यहरुका लागि दुधडेरी सञ्चालनमा ल्याएकोले यस क्षेत्रका गाई भैसी पाल्ने कृषकहरुका लागि दुध बेच्न तथा खरिद गर्न सहज भएको पनि उनले बताईन् । उनले भनिन् “हामीले सदस्यहरुका लागि पशुविमा सँगै म्यादी विमा पनि सुरुवात गरेका छौं । सदस्यले ८ हजार ५ सयमा जीवन विमा गर्न सक्ने छन् । जुन सदस्य जीवन विमा गर्नुहुन्छ । त्यो सदस्यको आकस्मिक अथवा असामयिक निधन भएमा उनिहरुको परिवारलाई संस्थाले ३ लाख सम्म उपलब्ध गराउनेछ ।

आर्थिक वर्ष ०८०÷०८१ को सेयर पुँजीतर्फ १ करोड ६८ लाख रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको, बचततर्फ ६ करोड ९५ लाख बताउँदैे वार्षिक कारोबार ११ करोड ८७ लाख पु¥याउन सफल भएको, त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा १ करोड ८२ लाख रूपैयाँ छ भने कुल नाफा ५३ लाख रुपैयाँ रहेको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।
प्रत्येक वर्षझै यस वर्ष पनि संस्थाले उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरेको छ। जसमा कर्जाको सही सदुपयोग असल उद्यमी अन्तर्गत तिकिया देबी कुष्मी, केसरी डँगौरा, अयोध्या डँगौरा सम्मानित भएकी हुन्।

त्यसै गरी असोक देबी डँगौरालाई पाठेघर शल्यक्रिया खर्च वाफत रू. १० हजार नगद, कौशल्या देबी डँगौरालाई जेष्ठ नागरिक भत्ता वाफत रू. ३ हजार नगद, आगलागी बात पीडित सदस्य दिला साउँदलाई रू. ५ हजार नगद, त्यसै गरी मिर्गौला उपचारका लागि साधारण सभाबाटै सहयोग उठाई शेयर सदस्य रम्भा देबी जोशीलाई नगद रु.१४ हजार ६ सय ११ रुपैयाँ नगद हस्तानतरण गरिएको थियो भने कक्षा १२ मा ३.५५ जिपिए ल्याई जोशीपुर गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल रघुनाथ आदर्श माबिकी छात्रा लता पाठकलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । कृषकहरुको उत्पादनलाई प्रोत्साहन गर्न सधैं तत्पर संस्थाले यस वर्ष पनि आमन्त्रित पाहुनाहरुलाई फरक किसिमको मायाको चिनोको रूपमा शुद्ध घिउ दिएको छ ।

संस्थाकी अध्यक्ष गोमा देबी आचार्यको सभाध्यक्षतामा भएको साधारण सभामा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि गापा उपाध्यक्ष तथा न्यायिक समिती संयोजक रेखा देवी कठरिया, साना किसान लघुवित्त बिकास बैंक प्रदेश प्रमुख हिक्मत बहादुर बम, राष्ट्रिय सहकारी बैंक सुदुरपस्चिम प्रदेश प्रमुख दिनेश गलेल, अतिथीहरु साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनिया शाखा प्रबन्धक रोज बहादुर कठायत,जोशीपुर ईलाका प्रहरी कार्यालय इन्चार्ज लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शेयर सदस्यहरु भारी उपस्थिति रहेको थियो ।