
असोज २०,
कैलालीको जोशीपुरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ। यूवा सञ्जालको आयोजनामा भएको बृहत रक्तदान जोशीपुर गा.पा.–६ सिमरी बजारमा ३१ पिन्ट, ५ नं. वडाको सिमरना बजारमा ११ पिन्ट र वडा नं. १ र २ पर्ने जोशीपुरमा ४२ पिन्ट गरि जम्मा ८४ पिन्ट ब्लड कलेक्सन भएको छ ।

रक्तदान जोशीपुर गाउँपालिका र जोशीपुर गा.पा. ६ नं. वडाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी शाखा टिकापुरको प्राविधिक सहयोगमा भएको थियो । “रक्तदान जीवनदान हो” भन्ने मुल नाराका साथ वडा दशैंको शुभ अवसर पारी यूवा सञ्जालले गरेको बृहत रक्तदान कार्यक्रम यूवा सञ्जालका अध्यक्ष सन्तोष वि.क.को सभाध्यक्षता तथा वडा नं. ६ का वडा अध्यक्ष भोजराज डंगौराको प्रमुख आतिथ्यतामा भएको थियो ।

जोशीपुर गाउँपालिकाले आफ्नो पालिका भित्रका विरामीहरुलाई कम्सेकम एक विरामीलाई ३ पिन्ट ब्लड निशुल्क गराउने उद्देश्यलाई सार्थकता दिन यूवा सञ्जालले बृहत रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष सन्तोष वि.क.ले बताउनु भयो । त्यसै गरि यस क्षेत्रका विरामीहरु, सुत्केरी महिलालाई आवश्यक पर्ने ब्लड निशुल्क रुपमा उपलब्ध गराउन सके विरामीलाई राहत हुनुका साथै ब्लड डोनेटको सानो सहयोगले कसैको लागि जीवन दान हुन सक्ने भएकोले स्वस्थ यूवाहरुले रक्तदान दिन आवश्यक रहेको प्रमुख अतिथि वडा अध्यक्ष भोजराज डंगौराले बताउनु भयो । कार्यक्रम जोशीपुर जेसीज, सिमरी बजार, सिमरना बजार र जोशीपुर बजारको समन्वय तथा सहयोग रहेको थियो ।
