ईप्रका जोशीपुरको प्रमुख सहित २ जनाको सरुवा

असोज १७,
इलाका प्रहरी कार्यालय जोशीपुर कैलालीका ईन्चार्ज प्रनानी मिन बहादुर साउँदलाई विदाई गरिएको छ । ईन्चार्ज साउँदको सरुवा भए पछि फेरी भेटौंला कार्यक्रम गरिएको छ। जोशीपुर जेसीज, जोशीपुर बजार व्यवस्थापन समिति, यूवा सञ्जाल जोशीपुर, बाल कल्याण संघ लगायतको उपस्थितिमा ईन्चार्ज साउँदलाई फुलमाला तथा टिका खादाले सम्मान गरि विदाई गरियो । २०८१ साल बैशाख १३ गते देखि २०८१ साल असोज १७ गते सम्म ईलाका प्रहरी कार्यालय जोशीपुरमा प्रमुख ईन्चार्जको रुपमा कार्यरत रहनुभएका प्रनानी मिन बहादुर साउँदको सरुवा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा भएको छ । त्यसैगरि प्र.स.ह.देवी भक्त धितालको पनि सोहि ठाउँमा सरुवा भएको छ ।

दशै दिपावली तथा छठ पर्वको शुभकामना तथा आगामी कार्यकाल को शुभकामना व्यक्त गर्दै छोटो समय भए पनि जोशीपुर क्षेत्रमा शान्ती, सदभाव कायम रहेको, बजारमा अपृय घटना नभएको तथा प्रहरी जवान थोरै भएपनि शान्ती सुरक्षाका लागि अहोरात्र खटिएको जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद डंगौराले बताउनु भयो ।

जोशीपुरको शान्ति सुरक्षामा जेसीज, यूवा सञ्जाल तथा बजार व्यवस्थापन समितिले सहयोग गरेको प्रनानी साउँदले बताउनु भयो । वहाँले भन्नु भयो “प्रहरीको हरेक कृयाकलापमा सक्रिय यूवाहरुको सहभागिता तथा सहयोगको आवश्यकता छ । त्यो जोशीपुरमा देखियो । आफ्नो कार्यकालमा राम्रो सहयोग र सपोर्ट पाईयो । सम्पूर्णलाई दशैंको शुभकामना सहित धन्यवाद ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *