
असोज २३,
कैलालीको भजनीमा साहित्यिक साँस्कृतिक कार्यक्रम अन्तरगत खुल्ला नृत्य प्रतियोगिता भएकोछ । प्रतियोगितामा एकल तर्फ देविका चौधरी प्रथम विजेता बनेकी छिन् भने निसा चौधरी द्धितीय, आरजु विश्वकर्मा तृतिय र विपना न्यौपाने चौथो स्थान प्राप्त गरेका छन् । त्यसै गरि सामुहिक तर्फ यूवा मिलन क्लव खैलाड प्रथम स्थानमा विजेता बनेको छ भने ए.टि.एस.स्कुल भजनी द्धितीय, न्यूभिजन डान्स एण्ड जुम्बा स्टुडियो तृतीय र समाज सुधार मगर समाज चौथो स्थान प्राप्त गरि प्रतियोगितामा विजेता बनेका छन् । प्रतियोगिता कार्यक्रममा एकल तर्फ ११ टिम र सामुहिक तर्फ ७ टिम गरि जम्मा १८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक संयोजकमा सुधराम दहित, निर्णायकमा त्रिवेन्द्र कर्ण र मुकेश श्रेष्ठ रहेका थिए ।

भजनी साहित्य समाजको आयोजनामा भएको कार्यक्रम टिकाराम जोशीको सभाध्यक्षता, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान उपकुलपति साहित्यकार डाक्टर टि.एन.जोशीको प्रमुख आतिथ्यता तथा भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले संघियता आए पश्चात हरेक स्थानिय तहलाई भाषा, कला, संस्कृति, साहित्य संरक्षणका निमित्त साहित्य समाज स्थापना गर्ने अधिकार रहेको र यस क्षेत्रको भाषा, कला, संस्कृति, साहित्यलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नमा साहित्य समाजले कार्य गर्ने बताउनु भयो ।

भाषा, कला, संस्कृति, साहित्यलाई पुस्तान्तरण गर्नुपर्ने र यसलाई पर्यटनसँग जोड्नु पर्ने पनि वहाँले बताउनु भयो । त्यसै गरि भाषा, कला, संस्कृति, साहित्य संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका निमित्त भजनी नगरपालिका सदैव अग्रसर रहने भजनी नगर उपप्रमुख राजु तिरुवाले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमलाई खगेन्द्र जोशी र जनक भण्डारीले शहजीकरण गर्नुभएको थियो भने स्वागत मन्तव्य धौली जोशीको रहेको थियो ।
