थारुहरुको गुरही पर्व

श्रावण २९,
आज नागपंचमी एवं थारु समुदायको गुरही पर्व । थारु परमपरा अनुसार आज साझ प्रत्येक गाउँमा सामुहीक रुपमा गाउँको सिमानामा पर्ने चोकमा सामुहीक रुपमा साना साना भाई बिहिनीहरुले गुरही अर्थात पुतलीको प्रतिक बनाई लेडिजहरुले थालीमा पुतलीको प्रतिक कपडाले बेरिएको गुरही सेलाउन छन भने केटा मान्छेले त्यही फालेको गुरहीलाई बावियोले बनाएको थटाउने ९सोंता०ले भनिने पिटने गर्छन ।
त्यस पछि सामुहीक रुपमा प्रत्येक घर घरवाट प्रसादको रुपमा ल्याएको खानेकुरा मकैको भुजा, चना, जस्ता बस्तुको प्रसाद एक आपसमा बाडि खाने परमपरा आदिनकाल देखि चलि आएको छ । नेपाली समाजमा थरिथरिका तिहार र संस्कृति विद्यमान छन् । संस्कृतिका धनी नेपालीहरु यिनै संस्कृतिकै माध्यमबाट आफ्ना दुःख पीडा र खुशीयालीमा थोरै भएपनि मनोरञ्जन लिने गर्छन् ।
गरिबी, अशिक्षा र भोकमरीले गाँजेको हाम्रो समाजले दुःखमा मन बहलाउने काम संस्कृतिबाटै गर्छ । नेपाली समाजमा नागपञ्चमी ‘गुरही’ मनाउनुको अर्थ, नागबाबालाई पुजा गर्दा विषालुभन्दा विषालु सर्प घरमा आउन नसक्ने, बज्रपात घरमा नपर्ने, रोग व्याधी र महामारी घरमा नआउने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय घरमा कुनै दुःख व्याधी नपसोस् ।
थारु समाजमा यो पर्व र पुजालाई अलि फरक किसिमले लिइन्छ । परापूर्व कालदेखि मनाउँदै आएको थारु समाजमा नयाँ आर्थिक वर्ष शुरुभएपछि पहिलो पर्वको रुपमा ‘गुरही’ लाई लिइन्छ । खेतीपातीको काम भ्याएर घरमा फुर्सदिलो बेला पर्ने तिहार कहिले आषाढ त कहिले साउन महिनामा पर्छ । पञ्चमीमा पर्ने तिहार भएकोले यसलाई नागपञ्चमी भनिन्छ । थारु समाजमा ‘गुरही, गुर्या, नुरही’ भनेर मनाउने गरिन्छ ।
नागपञ्चमीमा विशेषगरी नागबाबाको पूजा–आजा गरिन्छ भने थारु समाजमा ‘गुरही’ पूजा गरिन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ मनाउने चलन फरक देखिन्छ । ‘गुरही’ पूजा थारु समाजमा ठाउँ र परिवेशअनुसार फरक शैलीले मनाएको देखिन्छ ।वर्ष दिनको खाने जोहो गर्नलाई खेतीपाती भ्याइसकेपछि आउने यो पर्व अगुवा पर्व हो भन्दा फरक नपर्ला ।

साँझको समयमा गाई गोरु गोठतिर लागेपछि गाउँको बरघर ९भलमन्सा० को पहलमा गाउँका दाजुभाइ, दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा र कपडाको रंगी विरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमी, बच्चादेखि बुढासम्म भेला भएका हुन्छन् ।
त्यहाँ उनीहरु किसिम किसिमका भुजा माग्नलाई र रमाइलो हेर्नलाई जम्मा भएका हुन्छन् । गाउँका बरघर एकै साँसमा ९एकसंस्सु० डुबो घाँस, कुसमा गाँठो पार्छन् । गाँठो पारीसकेपछि ठटाउने आदेश दिएपछि त्यहाँ जम्मा भएका केटाकेटीहरुले आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् । “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँ घरका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने गरिन्छ । साथै गाउँबाट विभिन्न रोगव्याधि र दुःख कष्टबाट छुटकारा पाइन्छ, जनविश्वास छ । मनको मझेरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *