बारबर्दिया नगरपालिकाद्धारा बरघरहरुलाई कानूनी मान्यता

श्रावण ३१,
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बरघरहरुलाईलाई कानूनी मान्यता दिई परिचयपत्र समेत वितरण गरिएको छ ।नगरपालिकाले परम्परागतरुपले चलि आएको बरघरहरुलाइ सरकारी कानुनी मान्यता दिएपछि उनीहरु उत्साहित छन् । नेपालमै पहिलो पटक बरघर प्रथालाई कानुनी मान्यता दिँदै बरघर ऐन जारी गरेको नगरपालिकाले बरघरहरुलाई परिचयपत्र वितरण गरेको हो ।
बारबर्दियाका ११ वटै वडाका ९० जना मुल बरघरहरुलाई परिचयपत्र वितरण गरेको छ । बरघर ऐन कार्यन्वयनको क्रममा गत बैशाख ६ गते बरघर प्रणाली सम्बन्धी बृहट गोष्ठी आयोजना छलफल गरेको थियो ।बरघरहरुले आफ्नो आधिकारिकताकालागि परिचयपत्र दिनुपर्ने माग गरे पछि पालिकाले प्रमाण पत्र र परिचयपत्र दिएको नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले बताए ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तिलक शर्माले बरघर प्रथा परम्परागत प्रथा भएपनि लोकतान्त्रिक पद्धतिको एउटा स्वरुप भएकाले यसलाई जोगाउन जरुरी रहेको बताए ।बरघर प्रथाले विगत देखि नै सामाजिक काम गर्दै आएकोले बारबर्दिया नगरपालिकाले त्यसलाई मान्यता दिएर ऐतिहासिक कार्य गरेको उनको तर्क थियो ।बरघरहरुलाई सामाजिक, साँस्कृति, धार्मिकरुपले विकासको काम गर्न बारबर्दियाको बरघर ऐन ल्याएको नगर प्रमुख थारुले बताए ।
सो ऐनको सम्बन्धमा मुल बरघरहरुलाई अभिमुखिकरण कार्यक्रम गर्दै व्यवस्थित बनाएर लैजाने योजना रहेको छ ।बरघर प्रर्थाले समुदायमा रहेको विवादहरुलाई समाधान गरेर न्यायिक समितिलाई सहयोग हुने बारबर्दिया नगरपालिकाका उपप्रमुख अञ्जु दहितले बताए । उनका अनुसार समान्य विवाद बरघरहरुले समाधान गरि समाजमा सदुभाव कायम राख्न सहयोग पुगेको बताए ।
उनका अनुसार फौजदारी प्रकृतिका बिबादलाई सहजीकरण गर्न सम्बन्धित न्यायिक क्षेत्र सम्म पुर्याउन सुझाब दिदै थारु समुदायमा अझैपनि बरघर प्रथाले समाजमा रहेका विकृति तथा कुरीतिहरुलाई न्यूनिकरण गर्न बरघरको महत्वपुर्ण भुमिका रहँदै आएको छ ।परापुर्वकाल देखि नै समुदाय परिचालनका लागि बरघरहरुले महत्वपुर्ण भुमिका खेल्दै आएपनि सरकारी कार्यालयले मान्यता नदिँदा बरघरहरुको काम कर्तव्य ओझेलमा परिरहेको छ ।
नगरपालिकाले आधिकारिक परिचयपत्र दिएपछि वरघरहरुलाई समुदायमा काम गर्नका सहज हुने बताउँछन् बरघर सञ्जालको नगर अध्यक्ष रामसोहन चौधरी ।बारबर्दियाको ८औँ नगरसभाले ‘बारबर्दिया नगरपालिकाको क्षेत्र भित्र रहेका टोल बरघर संस्थालाई परिचालन गर्न बनेको ऐन २०७७’ पारित गरी लागु गरेको छ । ऐनमा बरघरको चयन, उहाँहरुको कार्यक्षेत्र, काम कर्तव्य अधिकार, मर्यादा र नेपाल सरकारको प्रचलित ऐन नियमको विपरित नहुने गरी कार्य गर्नुपर्ने उल्लेख छ ।मझेरी खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *