सावन ८, जोशीपुर
जाशीपुर गाउँपालिका कृषि शाखाले नमुना बगैचा स्थापनाका लागि निशुल्क फलफुलका विरुवा वितरण गरेको छ । नमुना वगैचा गा.पा.को अवधारणालाई पुरा गर्न कृषि शाखाले १ सय वटा आँप र १ सय वटा लिचिको विरुवा ४ जना कृषकलाई वितरण गरेको हो । ३ देखि ५ कठ्ठा जमिनमा फलफूल खेती गर्न चाहने कृषक लाई निवेदन का आधारमा वितरण गरिएको कृषि शाखाले जनाएको छ। नमुना फलफुल बगैचाबाट कृषकलाई आर्थिक आम्दानी र स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायी हुने गा.पा. अध्यक्ष रामकृष्ण चौधरीले बताउनु भयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष गिता कठरियाले कृषकको हरेक घरमा फलफूलका विरूवा लगाउन आवश्यक रहेको बताउनु भयो। यसबाट वातावरण संरक्षण, हरियाली बढाउनका साथै आम्दानीको स्रोत समेत बढ्ने उपाध्यक्ष कठरियाले बताउनुभयो ।
