सावन ९,
जोशीपुर कराँतेको आयोजनामा गुरु पूर्णिमाको अवसर पारि गुरुहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पूर्व कराँते प्रशिक्षक एवं जानकी गाउँपालिका उपाध्यक्ष उमा महतों, कराँते गुरु राजमाल कठरिया, नृत्य/फिल्म निर्देशक सुधराम दहित लाई दोसल्लाले सम्मान गरिएको थियो। गुरुहरुले आफ्ना चेलाहरुलाई कहिले पनि गलत बाटोमा हिन्न सिकाउँदैन । ठुलालाई आदर, सानालाई माया गर्न सिकाउँछ । संस्कार र लगनशिलताले मानवलाई गन्तव्य सम्म पु¥याउछ । स्वस्थ रहन खेल खेल्न जरुरी छ भन्ने भनाई गुरु उमा महतोले राख्नु भएको थियो । अनुशासन र लगनशिलता भएपछि मात्र विकास सम्भव छ । आफुले अरुलाई आदर गर्न सिकेमा मात्र अरु सँग सम्मान पाईन्छ तर अहिलेको युगमा संस्कार हराउँदै गईरहेको छ । त्यसकारण गुरुहरु प्रति आदर, सम्मान, ईज्जत गर्ने बातावरण सृजना गर्न आवश्यक रहेको पनि गुरु उमा महतोले बताउनु भयो । त्यस्तै कराँते प्रशिक्षक सन्तोष वि.क.ले गुरुहरु प्रति आदर सम्मान र सम्बन्ध कायमै रहिरहोस् र यसबाट नयाँ विढिले अनुशासन र संस्कारका पाठ सिकुन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
