
धनगढी,२३ असार । कैलालीमा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ । आजबाट यहाँ सबै सार्वजनिक सवारीसाधन चल्ने भएका छन् ।
सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाइएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार जिल्लाभित्र स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताअनुसार यात्रु राखेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छ।
अन्य जिल्ला जान र अन्य जिल्लाबाट कैलाली आउनका लागि भने जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिनुपर्ने जनाएको छ । कैलाली प्रशासनले निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाई निरन्तरता दिइएको हो ।