
चैत्र १४,
नवजीवन सहकारी संस्था लि.ले आफ्नै उत्पादनमा धुनै नपर्ने चामल ल्याएको छ। अत्याधुनिक प्रविधिबाट तयार गरिएको यो चामल नधोईकन सिधै पकाउन मिल्ने संस्थाका अध्यक्ष देव बहादुर बलमे बताएका छन् । भरखरै कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा नवजीवन सहकारी संस्थाले आफ्नै लगानीमा नवजीवन खाद्य उद्योग सञ्चालनमा ल्याएको छ ।

उद्योगबाट निस्केको चालममा कुनै मिसावट नभई अग्र्यानिक रहेको पनि उनले बताए । यसै क्षेत्रमा उत्पादन भएको धानलाई संकलन गरि उत्पादन भएको चालमलाई कैलालीको धनगढी, अत्तरिया, पहल्मानपुर, दुर्गौली, टीकापुर, सुखड, मसुरीया, जोशीपुर लगायतका सेवा केन्द्रमा परिक्षणका लागि पठाईएको छ । स्वादमा ढिकीमा कुटेको चालम जस्तो रहेको मसिनो र मोतो चामल दुवै थरीका चामलको माग बढेको पनि उनले बताए ।

“खाद्य गुणस्तर विभागमा गुणस्तर जाँच गर्दा अन्य मेगा ब्रण्डका चालममा ४४ प्रतिशत गुणस्तर रहेको पाइन्छ भने यो चामलमा ९४ प्रतिशत गुणस्तर रहेको खाद्य गुणस्तर विभागले प्रमाणित गरेकोछ । उनले भने ।” सहकारी अव बहुउद्देश्य तरिकाले अगाडी बढेको छ। शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा दिने र आगामी दिनमा शेयर सदस्य रहेको कृषकहरुलाई बजार भन्दा सस्तो भाउमा मलखाद उपलब्ध गराउने लक्ष्य रहेको पनि अध्यक्ष बमले बताए ।

