ईजरायल हमास अाक्रमणमा परेका नेपाली युवाकाे कहानीमा थारु भिडियो “पन्छी” पुस १५ मा सार्वजनिक हुँदै

पुस १४,
पुस १५ काे अवसर पारेर थारु भाषाकाे लाेकप्रिय गित “पन्छी” काे म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । सि.एस. फिल्मस् यु ट्युव च्यानलबाट सार्वजनिक हुने गितमा थारु मेगा स्टार संगत थारु, नायिका तथा माेडेल समु चाैधरी काे अभिनय हेर्न सकिन्छ भने दुई जना नया जाेडीकाे पनि डेभ्यु हुँदै छ । अजय राना र स्मिता पछल्डंगियाले नया जाेडीकाे रुपमा डेभ्यु गरेका छन् । यिनिहरुकाे अभिनय हेर्नका लागि पहिलाे पटक प्रकाशन गरेकाे पाेस्टरबाट नै धेरै राम्राेे प्रतिकृया अाईरहेकाे छ ।
पहिलाे पटक थारु म्युजिक भिडियोकाे छायांकन छिमेकि राष्ट्र भारतकाे रमणिय एवं पर्यटकिय क्षेत्र नैनीतालमा भएकाे निर्माण पक्षले जनाएकाे छ ।
अडियाेबाटै चर्चा पाएकाे गितलाई छायांकन तथा सम्पादन सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन भने सुधराम दहितकाे रहेकाे छ ।
शब्द सुवेश कठरिया, गायक अार.के. थारु र गायिका अन्नु चाैधरीकाे स्वरमा रहेकाे गितकाे भिडियोमा ईजरायल हमास अाक्रमणबाट नेपालीले भाेगेकाे पीडा देखाउन खाेजिएकाे निर्देशक सुधराम दहितले बताएका छन् । भिडियाेमा एक  हसिखुसि परिवारकाे एक जिम्मेवार युवा  परिवारकाे जिम्वारी बाेकी विदेशीयकाे चित्रन गिरएकाे पनि उनले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *