ईजरायल घट्नामा अाधारित थारु म्युजिक भिडियो “पन्छी” सार्वजनिक

पुस १५,
ईजरायल घट्नामा अाधारित थारु म्युजिक भिडियो “पन्छी” सार्वजनिक भएको छ । सि.एस. फिल्मस् यु ट्युव च्यानलबाट सार्वजनिक हुने गितमा थारु मेगा स्टार संगत थारु, नायिका तथा माेडेल समु चाैधरी काे अभिनय हेर्न सकिन्छ भने दुई जना नयाँ जाेडीकाे पनि डेभ्यु गरेका छन् । अजय राना र स्मिता पछल्डंगियाले नयाँ जाेडीकाे रुपमा डेभ्यु गरेका छन् । यिनिहरुकाे अभिनय हेर्नका लागि पहिलाे पटक प्रकाशन गरेकाे पाेस्टरबाट नै धेरै राम्राेे प्रतिकृया अाईरहेकाे छ ।
पहिलाे पटक थारु म्युजिक भिडियोकाे छायांकन छिमेकि राष्ट्र भारतकाे रमणिय एवं पर्यटकिय क्षेत्र नैनीतालमा भएकाे निर्माण पक्षले जनाएकाे छ ।
अडियाेबाटै चर्चा पाएकाे गितलाई छायांकन तथा सम्पादन सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन भने सुधराम दहितकाे रहेकाे छ ।
शब्द सुवेश कठरिया, गायक अार.के. थारु र गायिका अन्नु चाैधरीकाे स्वरमा रहेकाे गितकाे भिडियोमा ईजरायल हमास अाक्रमणबाट नेपालीले भाेगेकाे पीडा देखाउन खाेजिएकाे निर्देशक सुधराम दहितले बताएका छन् । भिडियाेमा एक  हसिखुसि परिवारकाे एक जिम्मेवार युवा  परिवारकाे जिम्वारी बाेकी विदेशीयकाे चित्रन गिरएकाे पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *