वर्दियाली कलाकारहरुद्धारा महोत्सव वहिस्कार

यहि २०८० साल मंसिर २ गते देखि १० गते सम्म संचालन हुन गईरहेको गुलरीया सांस्कृतिक महोत्सव–२०८० लाई राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला समिति बर्दियाले महोत्सव वहिस्कार गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ। फुलबारी यूवा क्लव गुलरिया न.पा. वडा नं. ५ को आयोजना गरेको महोत्सवमा वर्दियाली कलाकार तथा वर्दिया भित्र रहेको पौराणिक संस्कृति नसमेटी पूर्ण रुपमा व्यापारिक उद्देश्य मात्र रहेको विषय प्रति राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला समिति बर्दियाको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

वर्दिया जिल्ला बहु संस्कृति तथा विविध क्षमता भएको कलाकार भएको जिल्लामा कला, संस्कृति, धार्मिक स्थल तथा पर्यटकिय स्थलहरु वर्दिया जिल्ला अन्तराष्ट्रिय स्तरमै परिचित रहेको तर यस्ता महत्वपूर्ण कुरालाई ध्यानमा नराखी महोत्सव जस्तो ठुलो कार्यक्रम गर्नु वर्दिया कै विडम्वना रहेको भन्दै महोत्सवलाई बहिस्कार गरेको पनि विज्ञप्तीमा उल्लेख छ । आगामी दिनमा यस्ता विषयलाई ध्यानमा राखी कार्यक्रमको आयोजना गर्न समेत राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला समिति बर्दियाले आयोजकलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *