
पुस १४,
पुस १५ काे अवसर पारेर थारु भाषाकाे लाेकप्रिय गित “पन्छी” काे म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । सि.एस. फिल्मस् यु ट्युव च्यानलबाट सार्वजनिक हुने गितमा थारु मेगा स्टार संगत थारु, नायिका तथा माेडेल समु चाैधरी काे अभिनय हेर्न सकिन्छ भने दुई जना नया जाेडीकाे पनि डेभ्यु हुँदै छ । अजय राना र स्मिता पछल्डंगियाले नया जाेडीकाे रुपमा डेभ्यु गरेका छन् । यिनिहरुकाे अभिनय हेर्नका लागि पहिलाे पटक प्रकाशन गरेकाे पाेस्टरबाट नै धेरै राम्राेे प्रतिकृया अाईरहेकाे छ ।
पहिलाे पटक थारु म्युजिक भिडियोकाे छायांकन छिमेकि राष्ट्र भारतकाे रमणिय एवं पर्यटकिय क्षेत्र नैनीतालमा भएकाे निर्माण पक्षले जनाएकाे छ ।
अडियाेबाटै चर्चा पाएकाे गितलाई छायांकन तथा सम्पादन सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन भने सुधराम दहितकाे रहेकाे छ ।
शब्द सुवेश कठरिया, गायक अार.के. थारु र गायिका अन्नु चाैधरीकाे स्वरमा रहेकाे गितकाे भिडियोमा ईजरायल हमास अाक्रमणबाट नेपालीले भाेगेकाे पीडा देखाउन खाेजिएकाे निर्देशक सुधराम दहितले बताएका छन् । भिडियाेमा एक हसिखुसि परिवारकाे एक जिम्मेवार युवा परिवारकाे जिम्वारी बाेकी विदेशीयकाे चित्रन गिरएकाे पनि उनले बताए ।