
जेठ ३०,
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ। बाल कल्याण संघ टीकापुरको प्राविधिक सहयोगमा जोशीपुर गाउँपालिकाको १ देखि ७ वटै वडाका बालबालिकाहरुको भेला गरि सञ्जाल गठन गरिएको हो । जसमा अध्यक्षमा हरि जोशी, उपाध्यक्ष कृतिका डंगौरा, सचिव खकेन्द्र बहादुर कुडमाल, कोषाध्यक्ष युनास डंगौरा, सह–सचिवमा अनुराधा डंगौरा र सदस्य गरि २५ सदस्यीय बाल सञ्जाल गठन गरिएको थियो । त्यसै गरि भेलाबाट उप–समिति अन्तरग खेलकुद समिति, सांस्कृतिक एवं मनोरञ्जन समिति, समन्वय समिति, लेखा समिति र कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
