जोशीपुर जेसीजद्धारा रक्तदान/२१ पिन्ट ब्लड संकलन

जेठ ३०,
रक्तदान जीवनदान हो । मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो । यहि मुल नारा सहित जोशीपुर जेसीजले रक्तदानको कार्यक्रम जोशीपुर बजार चोकमा भव्य रुपमा सम्पन्न गरेको छ । जोशीपुर जेसीजको आयोजना तथा रेडक्रस सोसाईटी शाखा कार्यालय टीकापुरको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदानमा २१ पिन्ट ब्लड संकलन भएकोछ । अस्पतालमा रगतको अभाव भैरहेको समयमा जोशीपुरका महान रक्तदाताहरुले दान गरेको रगत कसैको जीवनलाई जीवनदान दिन सक्ने कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो ।

यस्तो पुन्यको कार्यक्रम वर्षमा ४/५ पटक भए अझै राम्रो हुने थियो भन्दै आगामी दिनहरुमा पालिकासँग पहिले नै सहकार्य गरेर बृहत रुपमा रक्तदान कार्यक्रम गरेको भए अझै प्रभावकारी हुने पनि वहाँले बताउनु भयो । त्यसै गरि पत्रकार जनहित टिभीका खबरका प्रबन्धक रोशन रसाईलीले पहिलो पटक रक्तदान गर्ने अवसर जोशीपुर जेसीजले दिएकोमा धन्यवाद दिंदै एक पिन्ट रगतले कसैको जीवन बाच्छ भने यो भन्दा ठुलो खुशीको कुरा अरु केहि नहुने बताउनु भयो ।

जोशीपुर जेसीजका अध्यक्ष तथा कार्यक्रमका सभापति जीवन डंगौराको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार सुजित चौधरी र वहाँकी श्रीमति गिता चौधरीको पहिलो सन्तानको पहिलो जन्मोत्सवको उपलक्ष्यमा द्धोयले रक्तदाताहरुलाई फलफुल वितरण गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *