
राजु चाैधरी (राज) धनगढी // जेठ 27,
कैलाली जिल्लाको गोदावरी नगरपालिका–८ मा रहेको मजगाउँ थारु सामुदायिक होमस्टेको प्रथम साधारण सभा सम्पन्न भएको छ।
होमस्टेकी अध्यक्ष कल्पना चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका–८ का वडा अध्यक्ष गोविन्द चौधरी प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी भदगाउँ थारु होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद माधव थारु, घरबास (होमस्टे) महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश दहित विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वडा सदस्य हरि चौधरी लगायत विभिन्न सामाजिक, पर्यटन तथा स्थानीय क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारण सभाले होमस्टेको वर्तमान गतिविधि, आगामी योजना तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्दै विभिन्न निर्णयहरू समेत गरेको आयोजकले जनाएको छ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।