
थारु संस्कृतिलाई पर्यटनसंग जाेड्न जानकी गाउँपालिका ६ जगतपुरमा हाेमस्टे तालिम अाईतबार देखि सुरू भएकाे छ ।

तालिम समुद्घाटन गर्दै जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले राम्रो आम्दानीको लागि थारु संस्कृतिलाई पर्यटन संग जाेडेर व्यवसायिकता अपनाउनु पर्नेमा जाेड दिनु पर्ने बताउनु भयो । होमस्टे संचालन भएको ठाँउमा एकताको भावना सँगै रोजगारीको अवसर सिर्जना हुने भएकाले यसलाई उपयोगी बनाएर जानुपर्ने समेत वहाले भन्नुभयाे ।

जानकी गाउँपालिकाको आयोाजनामा भएको होम स्टे तालिममा जगतपुर, अमौरी र बकलौवा सामुदायिक होम स्टे संचालकहरुको सहभागिता छ । तालिम बैशाख २८ गते देखि जेठ १ गते सम्म ५ दिन संचालन हुनेछ । तालिममा भएको सिकाईले कला, सँस्कृति संरक्षण, प्रवर्द्धन सँगै होम स्टे व्यवसायलाई व्यवस्थित बनाउदै लैजाने तालिम प्रशिक्षक तथा हाेमस्टे महासंघ नेपालका महासचिव कृष्ण चाैधरीले बताउनुभयाे ।