प्रसिद्ध विद्या निकेतन जोशीपुरको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

बैशाख ४,
कैलालीको जोशीपुरस्थित प्रसिद्ध विद्या निकेतनले एक कार्यक्रम विच शैक्षिक वर्ष २०८२ को वार्षिक परीक्षा फल प्रकाशन गरेको छ।
विद्यालयका सञ्चालक सिद्धराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जोशीपुर गाउँपालिका २ नं. वडा अध्यक्ष विष्णु प्रसाद डंगौराको प्रमुख अतिथ्यता रहेको थियो ।

अभिभावक, शुभेच्छुक, बुद्धिजीवी, शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डंगौराले जोशीपुरका संस्थागत विद्यालयहरूमध्ये प्रसिद्ध विद्या निकेतनले शैक्षिक गुणस्तरमा नमुना विद्यालयको पहिचान बनाएको बताउनु भयो । उहाँले आफ्नो वडाबाट विद्यालयको विकास र प्रवद्र्धनका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यसैगरी अभिभावक सुधराम दहितले विद्यालय स्थापना कालदेखि नै उत्कृष्ट शैक्षिक स्तर कायम राख्दै आएको र आगामी दिनमा पनि यो विद्यालयले जोशीपुर क्षेत्रको शैक्षिक भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक सञ्चालक सिद्धराज जोशीले आफ्नो मन्तव्यमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका विविध पक्षहरू स्पष्ट पार्नु भएको थियो ।

२०७१ सालमा स्थापना गरिएको प्रसिद्ध विद्या निकेतनलाई यहाँसम्म ल्याउनुमा अभिभावकहरूको अमूल्य साथ र विश्वास मुख्य आधार रहेको र अबको लक्ष्य जोशीपुरलाई नै शैक्षिक केन्द्रका रूपमा स्थापित गर्नुका साथै क्षेत्रकै उत्कृष्ट शैक्षिक हब बनाउने प्रतिबद्धता समेत वहाँले व्यक्त गर्नु भयो ।
अभिभावकहरूलाई निश्चिन्त भई आफ्ना नानीबाबुहरुलाई यस विद्यालयमा अध्ययन गराउन आग्रह गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने समेत वहाँले बताउनु भयो ।

शैक्षिक वर्ष २०८२ मा कक्षा ८ को BLE परीक्षामा पहिलो सहभागितामै विद्यालयले शतप्रतिशत -१००Ü) नतिजा हासिल गर्दै विद्यालयको गरिमालाई थप उचाइमा पु¥याएको छ । नयाँ शैक्षिक सत्र सञ्चालनका सन्दर्भमा नेपाल सरकार तथा जोशीपुर गाउँपालिकाको आधिकारिक सूचनाको प्रतीक्षामा रहेको र केही दिनमै नियमित पठनपाठन सुरु गरिने छ । यस अवधिमा भर्ना तथा सोधपुछ (Inquiry/Admission) सेवा भने निरन्तर सञ्चालनमा रहने छ । वहाँले भन्नु भयो ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल राजेश चौधरीले सञ्चालन गर्नुभएको थियो। साथै कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *