सुविधा वाफतको रकम २ लाख ३५ हजार किसान बहुउद्देश्यीय सहकारीद्धारा हस्तान्तरण

बैशाख ३,
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखाद्वारा मृतक शेयर सदस्य स्व श्री रमदैया देवी डगौरा जानकी गा.पा. वडा नं. ५ अमौरामा श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ। कार्यक्रममा मृतक परिवारलाई २ लाख ३५ हजार बराबरको चेक मार्फत सुविधा वापतको रकम हस्तान्तरण गरको छ । संस्थाको जोशीपुर ईलाका प्रमुख श्री भरत बहादुर रावलको सभाध्यक्षता तथा जानकी गा.पा. वडा नं. ५ का वडा अध्यक्ष भिम बहादुर चौधरी प्रमुख आतिथ्यतामा चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई पथरैया शाखाका शाखा प्रमुख प्रबिन चौधरीले शहजीकरण गर्नु भएको थियो

संस्थाले शेयर सदस्यका परिवारलाई निरन्तर रुपमा यस्ता सुविधा दिदै आएको किसान कोप एग्रोबिजनेश जोशिपुर आउटलेट प्रमुख बिरेन्द्र बहादुर शाह ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *