
चैत्र २९,
नयाँ वर्ष २०८३ साल आए सँगै कैलालीको जोशीपुर जेसीजले २०८३ साल को भित्तेपात्रो विमोचन गरेको छ । जेसी खेमराज जोशीको संयोजकत्व तथा जोशीपुर गाउँपालिका ७ नं. वडा अध्यक्ष बम बहादुर शाहको प्रमुख आतिथ्यतामा भित्तेपात्रो विमोचन भएको हो । जोशीपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी जीवन डंगौराको सभाध्यक्षतामा भएको कार्यक्रम जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, पूर्व अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय जोशीपुरका ईन्चार्ज नरेन्द्र बहादुर चन्द लगायत बोर्ड पदाधिकारी र सदस्यहरुको उपस्थितिमा विमोचन भएको हो ।

विभिन्न संघसंस्थासँग कोलाब्रेशन र आपसी समन्वयमा जोशीपुर पालिका क्षेत्र भित्रका युवाहरुको नेतृत्व, व्यक्तित्व विकास सँगै लागुपदार्थ दुव्र्यसनी, ट्राफिक जनचेतना, वृक्षारोपण, फोहर तथा सरसफाई व्यवस्थापन सम्बन्धी अभियान लगायत सामाजिक रुपान्तरणका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै आएको जोशीपुर जेसीजले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।

कार्यक्रममा जोशीपुर जेसीज अझै समाजको विपन्न, गरिव, असहाय, अपाङ्ग लगायत सिमान्तकृत वर्ग र समाजमा पुगी कार्य विस्तार गर्न र हरेक त्रैमासिक अथवा चौमासिक रुपमा आफ्नो गरेको कार्यको प्रतिवेदन सहित पत्रिका प्रकासन गर्न कार्यक्रमका प्रमुख अतिथि बमले सुझाव दिनु भएको थियो ।
त्यसै गरि पूर्व अध्यक्षहरुले प्रत्येक वर्ष भित्तेपात्रो विमोचन गरेसँगै जसीजले गर्ने वार्षिक कार्ययोजना कुन महिनाको कति गते, कसको संयोजकत्वमा गर्ने पूर्व कार्यतालिका निर्धारण गर्न स्ुझाव दिएका थिए । कार्यक्रमलाई महासचिव सन्तोष वि.क.ले शहजीकरण गर्नुभएको थियो ।
