
चैत्र १०,
लक्ष्मी लघुवित्त वित्तिय संस्था लि.ले आफ्नो संस्थामा आवद्ध सदस्यको श्रीमान्को असामयिक निधन पश्चात उनको परिवारलाई कर्जा विमा वाफतको रकम चेक मार्फत हस्तान्तरण गरेको छ। टिकापुर नगरपालिका–३ मा लक्ष्मी लघुवित्त को केन्द्र नम्बर ४६ को सदस्य सुस्मा चौधरीको श्रीमान् धनिराम चौधरीको असामहिक निधन पछि कर्जा बिमा बाफतको रकम रु ४८ हजार उक्त गाउँका सहायक भल्भन्सा -बडघर) बुन्दीराम चौधरी मार्फत शाखाका कर्मचारी सहित बिमा रकमको चेक हस्तान्तरण गरेको हो । संस्थाले गरेको कर्जा बिमाले परिवारलाई सहयोग पुगेको संस्थाको सदस्यको परिवार सुस्मा चौधरीले बताउनु भयो । कर्जा विमाको रकम हस्तान्तरणको कार्यक्रममा सदस्यहरुलाई बित्तीय साक्षरता सम्बन्धि अभिमुखिकरण समेत गरिएको थियो ।
