
चैत्र १०,
कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले समुदायमा पोषण अवस्थाबारे सवै सरोकारवालाहरु गम्भीर हुन आवश्यक रहेको बताएका छन् । बालबालिका, गर्भवती तथा सुत्केरी महिलामा कुपोषणको समस्या अझै पनि चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले समयमै सचेतना र व्यवहार परिवर्तन आवश्यक रहेको बताए। विश्व क्षय रोग दिवसको अवसरमा जानकी गाउँपालिका स्तरीय पोषण परियोजना सल्लाहकार समितिको बैठकमा उनले स्थानीय उत्पादनमा आधारित पौष्टिक आहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै घरपरिवारमै उपलब्ध खाद्यवस्तुको सही प्रयोग गर्न आग्रह गरे। दिगोपनका लागि याक नेपालको सहकार्यमा स्थानिय स्तरमा पोषणका लागि गरिएको लगानीको अनुगमन समेत आवश्यक रहेको उनले बताए ।

बैठकमा याक नेपालले कैलाली जिल्लाको ५ स्थानिय तहमा पोषण परियोजनाको कार्य अगाडी बढाईएको विषयलाई लिएर जानकी गाउँपालिकामा पोषणको अवस्था वारे विशेष छलफल गरिएको थियो । सामुदायिक स्वास्थ्य प्राप्ताङ्क बोर्ड विधी मार्फत अभिमुखिकरण, सिघ्र कुपोषिण आमालाई फिल्टर वितरण, कृषकहरुलाई विभिन्न पोषण बगैचाका लागि सामग्री वितरण याक नेपालले गर्दै आएता पनि जानकी गाउँपालिका अन्तरगतका २ हजार ३ सय २५ जनाको स्क्रीमिङ्ग गरिएकोमा १ सय ८७ जना कुपोषिण रहेको तथ्याङ्क समेत बैठकमा सार्वजनिक गरिएको थियो । कुपोषण मुक्त पालिका बनाउन पालिकाबाट गरिने प्रयास र पहलबारे सुझाव सहितको छलफल सकेत बैठकमा गरिएको थियो ।

बैठकमा सुझाव सहित प्रतिफल आउने कार्य अगाडी बनाउने याक नेपालका पोषण परियोजना कार्यकारी निर्देशक डबल बमले प्रतिवबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा जानकी गाउँपालिकामा ६५ वर्ष भन्दा बढि उमेर समूहका व्यक्तिहरुलाई क्षय रोग बढि लागेको र पालिकाबाट निशुल्क औषधि र उच्च स्तरिय मेसिनले क्षय रोगको चेक जाँच भइरहेको सिनियर अहेव भरत मल्लले बताउनु भयो ।
याक नेपालको सहयोग र जानकी गाउँपालिकाको आयोजना र समन्वयमा भएको कार्यक्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत भानुभक्त भट्ट, विषयगत शाखाका प्रमुखहरु, याक नेपालका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।
