जोशीपुर जेसीजद्धारा महिला हिंसा न्यूनिकरण अभिमुखिकरण

चैत्र १४,
कैलालीको जोशीपुर जेसीज वर्ष २०२६ ले महिला हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण गरेको छ। बढ्दै गएको घरेलु हिंसा, लैङ्गिक विभेद, तथा जबर्जस्ती करणी जस्ता अपराधहरू अझै समाजमा विद्यमान रहेकोले यसको न्यूनीकरणका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको र उनीहरूले पीडितलाई न्याय दिलाउन, हिंसा विरुद्ध उजुरी गर्ने वातावरण सिर्जना गर्न तथा समुदायस्तरमै सचेतना फैलाउनुपर्ने समेत कार्यक्रममा जोड दिएइको छ।

जोशीपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जीवन डंगौराको सभाध्यक्षता तथा कार्यकारिणी उपाध्यक्ष रेणु कुमारी डंगौराको संयोजकत्वमा भएको अभिमुखिकरणमा जोशीपुर गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख कल्पना मिश्रले जोशीपुर क्षेत्रमा महिला हिंसाको अवस्था वारे व्याख्या र त्यसको न्यूनिकरण वारे विश्लेषण समेत गर्नु भएको थियो भने प्रशिक्षक पुजा चौधरीले महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

त्यसै गरि जेसीजका महासचिव सन्तोष वि.क.ले अभिभावक सचेतना अन्तरगत आत्मरक्षा सम्बन्धी तालिम दिनु भएको थियो । बालबालिका, महिलाहरुलाई गुडटच र व्याडटचको विषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

जोशीपुर गाउँपालिकाको ७ वटै वडाबाट ३२ जना कार्यक्रममा सहभागिता जनाएका थिए । जसमध्य वडा नं. २ कि वडा सदस्य लक्ष्मी चौधरी र वडा नं. ५ बाट सहभागि पार्वती भण्डारीले महिलाहरुलाई अभिमुखिकरण सचेतना दिएकोमा खुशी हुँदै कार्यक्रमको प्रशंसा गरेका थिए । यस्तो कार्यक्रमले सामाजिक हिंसालाई न्यूनिकरण गर्नमा महत्वपूर्ण योगदान पु¥याउने समेत उनिहरुको भनाई रहेको थियो ।

महिलाहरुमा हुने घरेलु हिंसा वारे सचेतना तथा न्यूनीकरणका लागि आफु र जोशीपुर गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रमुख अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले बताउनु भयो । न्यायपालिकामा समेत घरेलु हिंसाको केश आईरहेकोले सचेतना अवश्यक रहेको पनि वहाँले ब्याख्या गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *